|

इलाम : इलामको देउमाई नगरपालिका–१ राँके बजारमा लागेको आगो निभाउन फिदिमका वडाध्यक्ष प्रकाश गुरुङ आफैंले दमकल कुदाएर ल्याएका छन्। अहिले आगो निभाउने प्रयास भइरहेको छ।

आगलागीबाट तीन घर जलेर नष्ट भएका छन्। आगोलागीबाट तीलबहादुर बस्नेत, श्रीबहादुर विष्ट र इश्वर श्रेष्ठको पसल जलेर नष्ट भएको हो। पाँचथर र इलामको सीमामा रहेको राँके बजारमा ठालुमान श्रेष्ठको घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका हवलदार विजय राईले श्रेष्ठको घरमा आगोको मुस्लो दन्किएको र स्थानीयको सक्रियतामा नियन्त्रण प्रयास भइरहेको बताए। आगलागीको कारण भने नखुलेको उनको भनाइ छ। उनका अनुसार स्थानीय र प्रहरीको सक्रियातामा आगो नियन्त्रण लिने प्रयास भइरहेको छ। उनले घटनामा अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नआएको बताए। यस अघि पनि उक्त ठाउँमा भीषण आगलागी भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.