|

सल्यान  ः जिल्लाको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी बेपत्ता तीन जना मृत फेला परेका छन्।

आइतबार साँझ स्थानीय बालाराम डाँगीको घर पहिरोले पुर्दा बेपत्ता भएका डाँगीका २ छोरी र १ छोरा मृत्त फेला परेका हुन्। पहिरोमा मृत्यु हुनेमा  डाँगीका १० वर्षीया छोरी ललिता डाँगी, ७ वर्षीय छोरा ललित डाँगी र चार वर्षकी मेनका डाँगी रहेको इलाका प्रहरी कार्यालय सिमखोलीले जनाएको छ। 

घरमा बालबालिकाले भान्सा कोठामा आगो तापिरहेको  समयमा घर माथिबाट पहिरो आएर भान्छा कोठा भत्किएपछि ३ बालबालिका पुरिएका थिए। पुरिएर मृत्यु भएका बालबालीकाई झन्डै ११ घण्टा पछि अहिले उद्धार गरिएको ईलाका प्रहरी कार्यलय सिमखोलीका प्रहरी नायव निरीक्षक रतन शर्माले बताए। गत मगंलबार पनि बागचौर नगरपालिका–४ सीमखोली सेतोगुरासमा पहिराले घर पुरिदा एकै घरका बाबु आमासहित ३ छोराछोरीको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.