|

हेटौंडा : प्रदेशसभा ३ को सोमबारको बैठकले ३ विधेयक पारित गरेको छ। प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको हो।

प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश दुग्ध विकास बोर्डसम्बन्धी विधेयक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र प्रदेश विपद व्यवस्था व्यवस्थापन विधेयक आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले संसदमा प्रस्तुत गरेका थिए। 

प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले राजधानीको विषय तत्काल टुंग्याउन, संसदलाई नियमित विजनेस् दिन र बलात्कार लगायतका महिला हिंसामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.