|

जाजरकोट : दिनभरि सडकको  ड्युटी, साँझ जस्तापाताले बारबेर गरेको टहराको  बास। वर्षायामको गार्मी होस् वा जाडोयामको ठिहिर्‍याउने चिसो, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जाजरकोटमा कार्यरत ट्राफिक प्रहरीहरुको यस्तै ठाउँमा बस्नुपर्ने बाध्यता रहेको छ।

चार जना ट्राफिक प्रहरी यही ठाउँमा २०७० देखि बस्दै र कार्यालय सञ्चालन गर्दै आएका छन्। यस कार्यालयभन्दा माथि पहिरोले गएको छ। तल पनि सडक भास्सिएको छ। यस्तो अप्ठ्यारो ठाउँमा त्रासैत्रासबीच कार्यालय सञ्चालन र राति बास बस्नु बाध्यता रहेको हवल्दार प्रेमबहादुर शाहीले दुखेसो पोखे। 

संरचना अभावका कारण कार्यसम्पादन निकै  कठिन रहेको शाहीले बताए। भौ तिक पूर्वाधार नहुँदा  कर्मचारी जंगल छेउको टिनको टहरामा बस्दै आएका छन्। धे रै  कर्मचारी भए कार्यालयमा बस् न ठाउँ नै छैन। कार्यालय स्थापना भएको यतिका वर्ष बितिसक्दा पनि नयाँ संरचना निर्माणमा चासो नदेखाउँदा टहरामा बस्नुपर्ने बाध्यता रहेको प्रहरीहरुको गुनासो छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटमा भौ तिक संरचनाको  मात्रै  अभाव हो इन, जिल्लाको यातायात चापअनुसार जनशक्ति पनि चरम अभाव छ। कार्यालयमा सवारी साधन पनि नभएकाले काम गर्न कठिन भएको प्रहरीहरुले बताए। 

कार्यालयमा मादक पदार्थ सेवन गरेको जाँच गर्ने  ब्रे थलाइजर मे सिन, म्याजिक लाइटलगायतका आत्यावश्यक सामग्री पनि नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मध्यपश्चिम क्षेत्रीय कार्यालय ट्राफिक नेपालगञ्जका प्रहरी एसपी जनकराज पाण्डेका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोट, जिल्ला प्रहरी कार्यालयको मातहतमा सञ्चालन गरिएको हो। जनशक्ति अभाव भएका कारण काजमा खटिएका ट्राफिक प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयले फिर्ताका लागि पत्र पठाइसकेकोले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने बताए। यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख लोकबहादुर बिष्टका अनुसार भवनका लागि सिफारिस गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.