|

हेटौँडा : प्रदेश ३ प्रहरी कार्यालयले दुई किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्ली जिल्ला आटपढेका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिल रहेका छन्।

प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक रोशन थापा नेतृत्वको टोलीले सुन, चाँदी र नगदसहित पाटिललाई पक्राउ गरेको हो। पाटिलले भरतपुर महानगरपालिका–१ पुतलीबजारमा सञ्चालन गरेको न्यु गणेश सुनचाँदी पसलमा खानतलासी गर्दा दुई किलो ७६ ग्राम सुन, चार किलो ६१७ ग्राम चाँदी र नगद १२ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको सुन र चाँदीको मूल्य करिब एक करोड रुपैयाँ मूल्य बराबरको रहेको छ।

बरामद गरिएको सुन, चाँदी, नगद र पाटिललाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रदेश ३ प्रहरी कार्यालयले जनाएको छ। बरामद भएको सुन, चाँदी रसुवाबाट तिब्बतसँग जोडिएको नाका हुँदै अवैध रूपमा भित्रिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.