|
फाइल फोटो

काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई धरौटीमा रिहा गरेलगत्तै पुन: पक्राउ गरेको छ। बुधबार जिल्ला अदालत भोजपुरमा भएको बहसमा उनलाई ६० हजार रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो।

उनी धरौटीमा रिहा गरेलगत्तै अदालत परिषद्बाटै प्रहरीले पक्राउ गरिएको हो। उनलाई पक्राउ गरी दाङ पठाइने तयारी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले बताए। उनीविरुद्ध दाङमा पनि उजुरी परेकाले उनलाई दाङ लाने तयारी गरिएको उनको भनाइ छ।

काण्डविरुद्ध भोजपुरमा तीनवटा मुद्दा दर्ता भएका र दुई मुद्दामा २५/२५ हजार र बाँकी एक मुद्दामा १० हजार धरौटीमा छाडिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक कार्कीले बताए। प्रकाण्डलाई भोजपुरको प्रदेश ‘ख’ उम्मेदवार तथा पूर्वसञ्चारमत्री शेरधन राईलगायतको चुनाव प्रचार टोलीलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटमा सकेट बम विष्फोटमा संलग्‍न भएको प्रहरीको आरोप छ।

प्रकाण्डलाई चुनावी अभियानको टोलीमााथि गत २८ कात्तिकमा भोजपुरको पिखुवा खोलामा गोली हानेको अभियोगमा उजुरी परेकोले भोजपुर लगिएको भोजपुर प्रहरीले जनाएको छ। विष्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक असई डिल्ली देवकोटा घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.