|

डडेल्धुरा : सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव बुधबारदेखि सुरु भएको छ। विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले ‘राष्ट्रिय गौरा महोत्सव २०७५’ आयोजना गरेको हो।

महोत्सवको बुधबार एक औपचारीक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गौरा पर्व प्रदेश ७ को धार्मिक र सांस्कृति धरोहरको रुपमा रहेको बताएका छन्। गौरा पर्वले समाजमा सामाजिक सद्भाव र एकता कामय गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो। 

कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका कार्यवहाक नगरप्रमुख खेमराज पाठकले यस्ता किसिमका महोत्सवले गर्दा गौरा पर्वको संरक्षणमा टेवा पुग्ने बताएका छन्। गौरा पर्वको संरक्षणमा सबैले एकजुट भएर लाग्नु पर्ने उनको भनाइ थियो। आफ्नो संस्कृति संरक्षण गर्नमा सबैले अग्रसर हुनु जरुरी रहेको उनको तर्क थियो। 

आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले महोत्वसको आयोजा गरिएको राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताएका छन्। उनले २३ गतेसम्म सञ्चालन हुने गौरा महोत्सवमा प्रदेश ७ का सम्पूर्ण क्षेत्रका व्यक्तिहरुलाई सहभागिता जनाउन आग्रह गरेका छन्। महोत्सवमा प्रतिस्पर्धात्मक गौरानाच, वालोनाच, चैत धुमारी, फाग, घुइचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा संचालन भइरहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.