|

काठमाडौं : गीतकार लभ हुन्चीङ मगर र नवोदित गायक तथा संगीतकार मनोज थापामगरको पहिलो गीति एल्बम 'प्रेमालय' सार्वजनिक गरिएको छ। 

समाजसेवी महावीर पुनमगर, साहित्यकार श्रवण मुकारुङ, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य शान्तिराम राई, संगीतकार बेदनिधि पौडेल, राजकुमार पुन मगरले संयुक्तरुपमा एल्वम सार्वजनिक गरेका थिए। 

५ वटा गीत समेटिएको उक्त एल्वममा मनोज थापा मगर र निखिता थापाको स्वर रहेको छ। प्रेमालयमा समेटिएका गीतमध्ये 'सागरको गहिराइमा' बोलको गीतको म्युजिक भिडियो निर्माण गरिएको छ। भिडियोको अमृत ढुंगानाले निर्देशन तथा सम्पादन गरेका छन् भने रुपेस थापाले छायांकन गरेका छन्। मनोज अश्लामी मगर र अलिसा राईले अभिनय गरेका छन्।

त्यस अवसरमा गरिएको च्यारिटी डिनरबाट उठेको रकम म्यागासेसे पुरस्कारबाट पुरस्कृत डा. महावीर पुन मगरद्वारा संचालित राष्ट्रिय अनुसन्धान केन्द्र र अनाथ बालबालिकाको लागी सञ्चालित बेबी लाइफ होम तथा सफलता शिक्षा सदनलाई प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.