|

तेह्रथुम : पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण भइहेको छ। निर्माणाधीन लोकमार्गमा पर्ने अधिकांश खोला नदीहरूमा मोटरेवल पुल भने निर्माण भएको छैन। कतिपय ठाउँमा निर्माण कार्य सुरु गरिए पनि अलपत्र अवस्थामा छोडिएको पाइन्छ। सडक बन्यो। तर पुल नबन्दा सडक प्रयोगविहीन अवस्थामा छन्।

मध्य पहाडी लोकमार्ग अन्तर्गत म्याङ्लुङ-संक्रान्ति सडक खण्डको खोरुङ्गा खोलामा पनि पक्की पुल निर्माणको जिम्मा लिई सवारी साधन ठप्प हुने गरेकाएको निर्माण कम्पनीले समयमा काम नगरेपछि यात्रुलाई सास्ती भएको छ। निर्माणाधीन लोकमार्गको खोरुङ्गा खोलामा मोटरेवल पुल नवन्दा वर्षा सुरु भएसँगै छन्। 

एक वर्षभित्र काम सक्ने गरी लोकमार्गले पुल निर्माणका लागि टेण्डर गरी २०७३ सालमा कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई कामको जिम्मा दिएको थियो। २०७४ पुषभित्रै काम सम्पन्न गर्न भनिए पनि सो निर्माण सेवाले हालसम्म पनि पुल निर्माणको काम नथालेको लोकमार्ग आयोजनाले जनाएको छ। 

पुल निर्माणका लागि अनुमानित लागत पाँच करोड ९० लाख एकहजार रुपैयाँ तय गरेकोमा चार करोड ९६ लाख ९१ हजार ६४५ रुपैयाँमा काम गर्ने गरी कोशी एण्ड न्यौपानेले जिम्मा लिएको थियो। निर्माण कम्पनीले पुल निर्माणका लागि पूर्वाधार तयार गर्ने काम समेत सुरुवात मात्रै गरेको छ। पुल निर्माणमा अहिलेसम्म कमजोर भौतिक प्रगति मात्रै रहेको लोकमार्ग पूर्वी खण्डका इन्जिनियर सुरेश तुम्बाहाम्फेले बताए।

पक्की पुल निर्माण नभएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत सदरमुकाम म्याङ्लुङ जोड्ने खोरुङ्गा खोलाको झोलुंगे पुलबाटै मोटरसाइकल तार्ने गरिएको कारण सो झोलुंगे पुल जीर्ण बन्दै गएको छ। करिब तीन दशक अघि निर्माण गरिएको उक्त पुल जीर्ण भएपछि पैदल यात्रीका साथै मोटरसाइकल सवार यात्रुलाई समेत आवतजावत गर्न कठिनाई भएको छ। खोलामा पानीको बहाब बढेसँगै वर्षायाममा कुनै पनि सवारी साधनह नचल्ने यातायात व्यवसायीहरूले बताएका छन्। 

खोलामा मोटरसाइकल तार्न पानीको बहाबले समस्या हुने भएकोले बाह्रै महिना झोलुङ्गे पुलबाट दैनिक दुईदर्जन बढी मोटरसाइकल वारिपारि तार्ने गरेको स्थानीय होटल व्यवसायी बमबहादुर लिम्बुले बताए। पैदलयात्री तर्ने साँगुरो यो झोलुङ्गे पुलमा केही मोटरसाइकलहरू अड्किएर सवारी चालक घाइते समेत भएका छन्। बाह्रै महिना झोलुंगाे पुलबाट स्थानीयबासीले जोखिम मोलेरै मोटरसाइकल तार्ने गरेका कारण पुल जीर्ण बन्दै गएको हो। 

झोलुङ्गे पुलमा प्रयोग गरिएका काठ पनि पुराना भई घामपानीका कारण मक्किएर जोखिम बढेको छ। पुलको छेउछेउमा राखिएको जाली समेत च्यातिएकोले यहाँ हिड्ने बटुवामा पनि जोखिम बढेको हो। म्याङ्लुङ नगरपालिका र फेदाप गाउँपालिकाको सीमानामा रहेको उक्त खोरुङ्गा खोलाको पक्की पुल निर्माण कार्यमा सरोकारवाला सम्वन्धित सबैको ध्यान जानु जरुरी छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.