|

काठमाडौं : थाहाखबर डटकमले प्रदेश संस्करण सुरु गरेको छ। देश संघीयतामा गएको अवस्थामा प्रदेशका समाचार सामग्रीहरूलाई महत्व दिँदै प्रदेश संस्करण सुरु गरिएको थाहाखबर प्रालिले जनाएको छ। सातवटै प्रदेशका समाचार सामग्रीहरूको फरक-फरक होमपेज हुनेछ।

थाहाखबरले सुरुवातदेखि नै मोफसलका सामग्रीलाई महत्व दिँदै आएको छ। थाहाखबरले अधिकतम जिल्लामा संवाददाता राखेर सत्य, तथ्य र निष्पक्ष समाचार पाठकसमक्ष पुर्‍याउँदै आइरहेको छ।

थाहाखबर प्रालिले प्रदेश संस्करणको सुरुवातसँगै स्रोता, पाठक र दर्शकले आफ्ना प्रदेशका समाचार सामग्री सहज रूपमा संसारको जुनसुकै स्थानबाट पनि हेर्न, पढ्न र सुन्न सकिने विश्वास लिएको छ।

आगामी दिनमा समाचार सामग्रीलाई अझै परिष्कृत र स्तरीय बनाउँदै लैजाने थाहाखबर प्रालिले अठोट लिएको छ। निकट भविष्यमा अनलाइन संस्करणमा मल्टिमिडिया र उच्चस्तरीय प्रविधिको प्रयोग गरिनेछ।

थाहाखबर प्रालिले अहिलेसम्मको पाठक, स्रोता र दर्शकको विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा साथ र सुभेच्छाको अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.