|

ओखलढुंगा : लिखु गाउँपालिका–८ टारकेराबारी रेशम बिष्टले परम्परागत खेतीबाट लगानी पनि उठ्न छाडेपछि केराखेती गरेका छन्। बिष्टले धानखेती गर्दै आएको र केही बाँझो जग्गाको सदुपयोग गरी लिखु फाँटस्थित साठीबेसी खेतमा केराखेती गरेका हुन्।

उनले यो वर्ष  २० रोपनी बढी जग्गामा केराका बिरुवा रोपेका छन्। बिरुवा लगाएको सुरुको यो वर्ष नै उनले दुई हजार ५०० वटा बिरुवा लगाएकोे बताए। ‘अहिले सुुरुवात मात्रै हो’, उनले भने, ‘विस्तारै जग्गा व्यवस्थापनसँंगै केराखेती विस्तार गर्ने सोच छ।’

व्यावसायिक खेतीलाई लक्ष्य गर्दै यहाँ लिखु एग्रिकल्चर कम्पनीले नमुना कृषिफर्म पनि सुरु गरेको छ।

धानखेती गरिँदै आए पनि खेताला नपाउने र उत्पादन  घट्दै  जाने समस्या भएपछि सोही खेतमा केरा लगाउन थालेको उनको भनाइ छ। काम गर्ने मजदुर नपाउँदा बिष्ट मात्रै होइन लिखु गाउँपालिकामा मात्रै १० भन्दा युवा व्यावसायिक खेतीमा लागेका छन्। ‘धान रोप्न मात्रै ५ देखि  ७ हजारका श्रमिक लगाउनुपर्ने अवस्था छ’, बिष्टले भने, ‘गोडमेल देखि भित्र्याउँदासम्म थुप्रै खर्च हुन्छ। खर्च अनुसारको प्रतिफल छैन। त्यसैले मलगायताका किसान व्यावसायिक केराखेतीमा लागेका हौँ।’ 

ओखलढुंगामा विशेषगरी वैैदेशिक रोजगारीबाट फर्केका युवा व्यावसायिक खेतीमा लागेका छन्।  चम्पादेवी गाउँपालिका ७ को शेराको बेसी फाँटमा पाँच वर्षदेखि पुर्णबहादुर कार्कीले केरा खेती लगाएका छन्। केराबाट धान तथा मकैको भन्दा राम्रो आम्दानी भएको  उनी बताउँछन्।

कार्कीको बारीमा वर्षिक २० हजारको धान तथा मकै फल्थ्यो। अहिले उनले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी गर्छन्। सात रोपनी खेतमा उनले स्थानीय केरा लगाएका छन भने  दुईवटा पोखरीमा माछा समेत पालेका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.