|

संखुवासभा : धेरैलाई लाग्न सक्छ कारागार कैदी बन्दीहरूको सुधार गृह हो। तर जिल्ला कारागार खाँदबारी सरकारी माप दण्डअनुसार नभएको पाइएको छ। कैदी बन्दीहरूलाई मानवीय व्यवहार नभएको कैदी बन्दीको गुनासो छ। 

२५ जनाको क्षमता भएको जिल्ला कारागारमा अहिले १०३ जना कैदी बन्दी राखिएको छ। कारागार ३.५ रोपनी क्षेत्रफलमा फैलिएको छ। उनीहरूको ब्यत्तित्व विकास,सीप विकास तथा कला विकासका लागी पर्याप्त ठाउँ नभएको हो। कैदी संख्याका आधारमा पर्याप्त ठाउँ छैन। उचित स्थान अभाव हुँदा कैदी बन्दीको दैनिकीमा समेत समस्या भएकाे कैदीको गुनासो छ।कारागारमा पर्याप्त स्थान नहुँदा कैदीहरूले गर्ने हस्तकला विकास, शारीरिक व्यायममा गर्नमा समेत कठिनाइ भएको उनीहरूको भनाइ छ। 

कारागारको सुरक्षामा समेत खतरा पूर्ण अवस्थारहेकाे पाइएको छ। भिरालो भूगोलमा भवन निर्माण भएको कारागारको तल्लो साइड खाली स्थान भएकाले कैदीहरू कुनै पनि बेला सुरुङ खनेर भाग्न सक्ने अवस्था रहेको छ। यति मात्र होइन कुनै बेला कारागारमा आपतकालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिन समेत कठिन रहेको छ। कारागारको माथिको साइडमा बजार भएकाले भवन निर्माण भएका छन् भने तलतिर साइड भिरालो र व्यक्तिको जमिन भएकाले सडक  पुर्‍याउने सकिएको छैन।

अहिले कारागार जाने माथिको साइडमा सानो भिरालो सिडी (भञ्याङ) र्ओलिए मात्र पुग्न सकिन्छ। कारागारको उद्धारमा पुग्न एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्न सक्ने सडक समेत निर्माण गरिएको सकेको छैन। क्षमता भन्दा तेब्बर कैदी बन्दी राखिएको खाँदबारी कारागारमा उनीहरूको सुधार गृह भन्दा पनि यातनास्थल भएको देखिन्छ। भौतिक संरचना प्रयाप्त नहुँदा कैदीहरूले पानी चुहिने छाप्रोमा खाना पाकएर खानुपर्ने अवस्था भएको कैदीको गुनासो छ।

 उनीहरूको व्यवसायिक तथा हस्तकलाको काम गर्ने स्थानमा पुराना जस्ताको छाप्रो भएकाले ठूलो पानी परेका बेला पानी चुहिने र बिक्रीका लागी तयारी पारिएको ढाका कपडा, बस्ने मुढा पानीले भिजाएपछि विग्रिएर सावाँ नै गुमाउनु परेको उनीहरूको भनाइ छ। उनी मात्र होइन त्यहाँ बसेका धेरै केदीहरूले उत्पादन गरेका हस्तकलाका सामग्री मुढाको बजार नपाएको गुनासो गरे। 

कारागारका कैदीबन्दीले बनाएका बाँसका हस्तनिर्मित सामान मुढाहरू बजार नपाएर कारागारमै थन्किएका छन्। कारागारमा कैदीवन्दीले सामुहिक रुपमा मिलेर तयार गरेको मुढाहरू विक्री गर्ने ठाउँ नपाउँदा अहिले भण्डार गरेर राख्न पनि समस्या भएको छ। खाँदबारी कारागारका कैदीवन्दीले बुनेको एक हजार भन्दा बढी मुढाहरू कारागारमा नै थन्किएका छन् । बजार नपाएपछि मुढा लामो समयसम्म थन्काएर राख्नु परेको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीले बताए। 

कारागार प्रशासनले केही सुधारका प्रयास गरेको छ। कैदी बन्दीको लागी एउटा सानो पुस्तकालय र सानो खेल मैदान व्यवस्था गरेको छ। तर यो उनीहरूका लागि पर्याप्त स्थान भने नभएको पाइएको छ। कारागारको सुधार तथा क्षमता बृद्धि गर्ने लागि माथिल्लो सरोकारवाला निकायलाई पटक-पटक अनुरोध गरे पनि बेवास्था गरिएको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीले गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.