|
प्रतीकात्मक तस्विर

काठमाडौं : गोरखाको सानागाउँबाट काठमाडौ‌ंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकोप्टर उडेको केही मिनेटमै सम्पर्कविहीन भएको हो।

हेलिकोप्टर बिहान ६ बजेर ५७ मिनेटदेखि सम्पर्कविहीन भएको हो। हेलिकोप्टरमा पाइलट र  ६ यात्रु रहेको जनाइएको छ।

'चुमनुब्री गाउँपालिकाको १ र २ नम्बरको सीमा क्षेत्रमा पर्ने सानागाउँबाट फर्किँदै गरेको हेलिकोप्टर काठमाडौंका लागि उडेको थियाे', गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने,'धादिङ र नुवाकोटको सिमानामा लाेकेशन देखाएको छ।'

हेलिकोप्टरको खोजीमा धादिङ र नुवाकोटका प्रहरी टोली खटिएको जनाइएको छ। विस्तृत विवरण अाउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.