विचार

पितृदेवो भव
SHARES

भदौ २४, २०७५

    नेपाली सनातन धर्मावलम्बी बहुल समाजमा भाद्रकृष्ण औशी तिथिमा पिता अर्थात् बुबा (बाबु) को सम्मान–सत्कार गरिन्छ। पुराणादि ग्रन्थमा ठ्याक्कै यसै दिन पिताको सम्मान गर्ने सन्दर्भ पाइँदैन। पितृसँग सम्बन्धित तिथि भएकाले औँसीमा श्राद्ध आदि कर्म गर्ने विधान भने पाइन्छ। पहिले पहिले नेवार समुदायमा प्रख्यात बाबुको मुख हेर्ने चलन बिस्तारै अन्य समुदायमा पनि प्रचार–प्रसार भई व्यापकता ग्रहण गरेको समाजका विभिन्न सन्दर्भबाट बुझिन्छ।

    पिता टाढा–टाढा रहनेका लागि भेटघाट गर्ने वा भेटेर सम्मान दर्शाउने दिनका रूपमा यस दिनको महत्त्व नभएको होइन। तर बाबुको मुख हेर्ने दिन पश्चिमा समाजमा ‘फादर्स डे’ जस्तै दिनको रूपमा विकसित भइरहेको छ। उपभोक्तावादी संस्कृति विकसित हुँदै गर्दा विशेषगरी उमेर पुगेका छोराछोरी भिन्नै बस्ने, आमाबाबुलाई वास्ता नगर्ने र वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने परम्परा विकसित भइरहेको छ । हाम्रै समाजमा बाबुको मुख हेर्न वर्षको एक दिन वृद्धाश्रममा पुग्ने संस्कृति आइसकेको छ।

    सनातन संस्कृति अवलम्बन गर्ने हो भने पिता वर्ष दिनभरि नै पुजनीय हुन्छन्। दर्शनीय हुन्छन्। पिताले गरेको सानो गल्तीले उनको महिमा घट्दैन किनभने जन्मदेखि लालनपालन गरेर व्यक्तिलाई यस अवस्थामा ल्याउनसम्म पिताको ठूलो भूमिका हुन्छ। पुराणका केही केही सन्तानको सन्दर्भ उल्लेख छ, जो पितृभक्तिकै कारणले आदर्श बने। उनीहरू आफूमात्र प्रख्यात भएनन् कूलकै ख्याति चलाए।

    उपभोक्तावादी संस्कृति विकसित हुँदै गर्दा विशेषगरी उमेर पुगेका छोराछोरी भिन्नै बस्ने, आमाबाबुलाई वास्ता नगर्ने र वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने परम्परा विकसित भइरहेको छ । हाम्रै समाजमा बाबुको मुख हेर्न वर्षको एक दिन वृद्धाश्रममा पुग्ने संस्कृति आइसकेको छ।

    महातपस्वी महर्षि जमदग्निका पाँच भाइ छोरा थिए। रिसको आवेगमा एक दिन उनले आफ्ना पाँचै भाइ छोरालाई भने ‘आमा (रेणुका) को हत्या गर !’ मातृमोहले ऋषिपुत्रहरूलाई किन त्यसो गर्न दिन्थ्यो। सुन्नेबित्तिकै चार छोरा एक एक गरी पछि हटे। तर कान्छा छोरा परशुरामले पिताको आदेश पाउनेबित्तिकै आमालाई काटिदिए।

    किनकि उनलाई आफ्नो बाबुको शक्तिमाथि विश्वास थियो। आफ्नो वचन खेर जान नदिने छोराबाट प्रसन्न भएर जमदग्निले वर माग्न भने, परशुरामले आमालाई बचाइदिन आग्रह गरे। जमदग्निले गर्न नसक्ने केही थिएन। तत्काल रेणुकालाई जिवित बनाए। आमालाई बचाइमाग्ने बेलामा परशुरामले अर्को वर मागेका थिए, ‘मातृहत्याजस्तो जघन्य अपराध गरेको आफूलाई सम्झना नरहोस्।’

    रामचन्द्र, रघुकुलका ज्योति। सनातन समाजले मर्यादापुरुषको दर्जा दिएका अंशावतार। अयोध्याका राजा दशरथ जब जीवनको उत्तरार्धमा पुगे र जेठा छोरा रामलाई गद्दी सुम्पने मनस्थितिमा पुगे। माइली रानी कैकेयीले आफ्ना छोरा भरतलाई राजा बनाउने रणनीति बुन्न थालिन्। यसै बखत उनलाई सम्झना भयो। राजाले एउटा वचन उनीसँग उधारो बाँकी राखेका थिए। त्यही उधारो यसबेला काम लाग्दै थियो। राजालाई वचनको सम्झना गराइन्। वचन त्यो पनि प्रिय रानीको। पूरा नगर्ने कुरै थिएन।

    कैकेयीले अड्को थापिन्, राजा हुन लागेका सौताका छोरा रामलाई १४ वर्षको वनबास, आफ्ना छोरालाई अयोध्याको राज। नीतिले अनुचित थियो। तैपनि वचन पूरा गर्नुथियो। रामले विद्रोह गर्लान् भन्ने चिन्ता पनि नभएको होइन। मुटुमाथि ढुङ्गा राखेर राजसभाबाट घोषणा गरे। रामको मुहारमा रत्तिभर क्लेश देखिएन। पिताको आज्ञा शिरोपर गर्दै १४ वर्ष वनबास गर्न राजी भए।

    विशाल हस्तिनापुर राज्यका उत्तराधिकारी, देवव्रत। छोराको बिहेबारी गरिदिनुपर्ने बेलामा पिता सन्तनु सत्यवतीसँग मोहित भए। आफ्नी छोरीको सन्तान राज्यका उत्तराधिकारी बनाउने भएमात्र कन्यादान गर्ने सत्यवतीका पिताले अडान राखे। सन्तनु आफ्ना छोरासँग त्यो कुरा गर्न सक्दैनथे भने लोकका लागि त्यो स्वीकार्य थिएन।

    पिताको सम्मान गर्ने श्रवणकुमार, कृष्णलगायत हजारौं वर्षदेखि पुजिँदै आए। पितालाई महत्त्व नदिने उनको वचन उल्लङ्घन गर्ने थुप्रैलाई कुपात्रका रूपमा समाजले बुझ्यो। यस धर्तीमा ल्याउने, लालनपालन गर्ने, शिक्षा–संस्कार दिने पिताकाे अपमान गर्नेको कहिल्यै भलो हुँदैन। त्यसैले सनातन धर्मको निर्देश छ, पितृदेवो भव ।

    प्रेमरोगको पीरले चिन्तित भए।  तर बुद्धिमान् देवव्रतले पिताको चिन्ताको कारण बुझी बाबुका लागि सत्यवतीको हात माग्न गए। पिताको सुखका लागि उनी राजगद्दी त्याग्न तयार भए। तर देवव्रतले विवाह गरेपछि जन्मेका सन्तानले राज्य छिन्नसक्ने सत्यवतीका पिताको आशंकापछि देवव्रत आजीवन विवाह नगरी बस्ने प्रतिज्ञा गरे। पिताप्रतिको उनको यो महान योगदानलाई ‘भीष्मप्रतिज्ञा’ भनिन्छ।

    हो यी पात्रहरूसँग पिताले स्वार्थी भएर पुत्रलाई अन्याय गरे। तर पुत्रले आफ्नो कर्तव्य भुलेनन्। पितृ आज्ञालाई सहजै लिए। उनीहरूले त्यस प्रकारको शिक्षा पाएका थिए र त उनीहरू स्वार्थमा फसेनन्। ठूला साना स्वार्थबीच पनि पिता महान् हुन्छन् भन्ने शिक्षा हो यो।

    राम पिताको आज्ञा उल्लङ्घन गरेर वनबास नगई विद्रोह गरेर राजा भएका भए पुजिन्थे ? पिताको स्वार्थभन्दा आफ्नो स्वार्थलाई माथि राखेका भए देवव्रत भीष्म हुन्थे ? पिताको आज्ञा शिरोपर नगरेका भए परशुराम पनि अरु चार भाइको लहरको अन्तिममा कान्छा भाइ वा जमदग्निका कान्छा छोराका रूपमा रहन्थे। 

    पिताको सम्मान गर्ने श्रवणकुमार, कृष्णलगायत हजारौं वर्षदेखि पुजिँदै आए। पितालाई महत्त्व नदिने उनको वचन उल्लङ्घन गर्ने थुप्रैलाई कुपात्रका रूपमा समाजले बुझ्यो। उनीहरूसँग अन्य राम्रा गुण भए पनि समाजले सम्झन चाहेन। रावण कम विद्वान् थिएनन्। विश्रवा ऋषिका पुत्र। तर उनले पिताको विद्यालाई भन्दा मावलीको राक्षसी विद्यालाई साधन बनाए। पतन भए।

    राज्यका लागि कंसले पिता उग्रसेनलाई कारागारमा हाले। दुर्व्यवहार गरे। अन्ततः उनको पतन भयो। यस धर्तीमा ल्याउने, लालनपालन गर्ने, शिक्षा–संस्कार दिने पितालाई अपमानित गर्नेको कहिल्यै भलो हुँदैन। त्यसैले सनातन धर्मको निर्देश छ, पितृदेवो भव अर्थात् पितालाई देवतासरह मान।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]