|

विराटनगर : झापाको मेचीनगर नगर कार्यपालिका बैठकले स्थानीय एक पत्रकारलाई मासिक आठ हजार रुपैयाँ तलबसहित नगरपालिकाको प्रेस संयोजक नियुक्त गरेको छ। नगरपालिकाको बजेटबाटै तलब दिनेगरी ती पत्रकारलाई संयोजक नियुक्त गरिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

ती पत्रकरले नगरपालिकामा हाजिर गर्नुपर्नेछ। उनको मुख्य जिम्मेवारी नागरिकको विचार जनप्रतिनिधि र कर्मचारीसम्म पुर्‍याउनु पर्नेछ। ‘पत्रकारलाई स्थानीयस्तरकोसमस्याका विषयमा जानकारी हुने हुँदा काममा सहयोग पुगोस् भनेर जिम्मेवारी दिएका हौँ’,नगरप्रमुख विमल आचार्यले भने।

सूचना अधिकारी हुँदाहुँदै प्रेस संयोजक आवश्यकता थियो र भनने प्रश्नमा आचार्यले करारमा कर्मचारी तोक्न पाउने प्रावधान टेकेर जिम्मेवारी दिएको बताए।

मेचीनगर मात्र होइन भद्रपुर, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र गौरादह नगरपालिकाले पनि तलबमा पत्रकार नियुक्त गरेका छन्। प्रेस संयोजक तोकेका तहले १०–१५ हजारसम्म तलब दिएका छन्। कन्काई र दमक नगरपालिकाले भने पत्रकार राखेका छैनन्। 

यता सुनसरीमा धरान उपमहानगरपालिका र वराहक्षेत्र नगरपालिकाले पनि प्रेस संयोजक राखेका छन्। धरानका प्रेस संयोजकको पारिश्रमिक २५ हजार रुपैयाँ तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.