|

काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार मातृका पौडेलले राजीनामा दिएका छन्। सरकारले हालै जारी गरेको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्।

निर्देशिका जारी गर्नुपूर्व आफूसँग समन्वय नगरिएको उनको भनाइ छ। ‘निर्देशिका बनाउँदा मलाई पूर्णतः बाइपास गरियो, समन्वय गरिएन, राजीनामा दिएँ’, पौडेलले थाहाखबरसँग भने। सञ्चारमन्त्री शेरधन राईले भने उनको राजीनामा स्वीकृत गरिसकेका छैनन्।

पौडेलले आफ्नो राजीनामाबारे फेसबुकमा लेखेका छन्- ‘सूचना तथा सन्चार मन्त्रालयको प्रेस सल्लाहकारबाट राजीनामा दिएको छु। पत्रकारिता कर्ममा पूर्णकालीन पेशेवर हुने नै छु।' अनलाइन खबरका डेपुटी इडिटर समेत रहेका अहिले विदामा छन्।  

पौडेल गत वर्ष पुस २२ गते सञ्चारमन्त्री शेरधन राईको सल्लाहकार नियुक्त भएका थिए। उनी खिलराज रेग्मी मन्त्रिपरिषदको अध्यक्ष हुँदा सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलका पनि सल्लाहकार थिए।

गत जेठ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ जारी गरेको थियो। निर्देशिका संविधानविपरीत रहेको भन्दै सरोकारवाला क्षेत्रबाट विरोध भैरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.