|

गुल्मी :   नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर निर्वाचित भएका छन्। युनियनको मंगलवार सदरमुकाम तम्घासमा सम्पन्न ७ औं जिल्ला अधिवेशले कुँवरको अध्यक्षतामा ११ सदस्य नयाँकार्य समितिको चयन गरेको हो।

समितिको उपाध्यक्षमा हेमलाल भण्डारी, सचिवमा रमेश विक, कोषाध्यक्षमा तेजेन्द्र कुमार श्रेष्ठ, सह सचिव (महिला) कमला पहराइ रहेका छन्। समितिको अन्य सदस्यहरुमा अनिश गैरे, मनु सुनार, विवेक काफ्ले, चन्द्रकला राना निर्वाचित भएका छन्।

प्रदेश पार्सदमा प्रकाश घिमिरे, विष्णुप्रसाद आचार्य, सुमन्त महतरा, मोहन बस्नेत, भुवन भुसाल, रमेश रसाईली, गंगा भण्डारी र कविता गैरे रहेका छन्। त्यसैगरि केन्द्रीय प्रतिनिधिमा हरिकुमार श्रेष्ठ, जनार्दन घिमिरे, ताराप्रसाद भुसाल, कौरब खत्री, कालीदास खरेल र श्रृङ्खला वौद्याचार्य रहेका छन् ।

अधिवेशनको अबसरमा नेपालप्रेस युनियन गुल्मीले पत्रकार जनार्दन घिमिरेलाई उत्कृष्ट क्रियाशिल पत्रकारिता पुरस्कार २०७५ वाट पुरस्कृत गरेको छ। अधिवेशनको अवसरमा घिमिरेसँगै मापद मपाणी स्मृति पत्रकारिता पुरस्कार रेडियो रेसुंगाका मनु सुनार र जनचेतना पत्रकारिता पुरस्कार पत्रकार हेम भण्डारीलाई प्रदान गरिएको थियो।

यस्तै साहित्यिक पत्रकारिता क्षेत्रमा लामो समयसम्म योगदान पुराएको भन्दै हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थीलाई समेत सम्मान गरिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.