मनोरञ्जन

‘कथा काठमाडौं’को प्रोमोमा विकास बोर्डको आपत्ति
SHARES

निर्देशक भन्छिन्, ‘अनुसन्धान बिना कारबाही गर्ने भनियो’

भदौ २७, २०७५

    काठमाडौं : गीत रिलिज देखिनै चर्को आलोचना खेपिरहेको फिल्म ‘कथा काठमाडौं’लाई चलचित्र विकास बोर्डले कारबाही गर्ने निर्देशन सहितको पत्र काटेको छ।

    फिल्ममा समावेश गीत 'रातको कुरा’ यूट्युबमा रिलिज भएसँगै उक्त गीतमा भएको इन्टिमेट सिनको चर्को आलोचा भइरहेको थियो। उक्त कुरा  फिल्मको ट्रेलरमा पनि देखियो। उनीहरुको विवाद निकै माथिसम्म पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेलो सरकार’मा केहीले प्रोमोलाई लिएर गुनासो गरेका छन्। 

    सरकारले सम्बन्धित निकाय अर्थात् चलचित्र विकास बोर्डलाई प्रोमोको विषयमा बुझ्न पत्र काटेको थियो। बिकास बोर्डले भने फिल्म निनर्माण युनिटलाई उक्त प्रेमो हटाउने ठाडो निर्देशन सहितको पत्र काटेको छ। यदि उक्त प्रोमो नहटाए कारबाही गर्ने चेतावनी पनि दिएको छ।

    बोर्ड अध्यक्ष निकिता पौडेलले पत्र काट्दै अश्लिल प्रोमो हटाउन निर्देशन दिएकी छन्। प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र उक्त फिल्मको प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेश गर्न पत्रमा उल्लेख गरिएको छ। 

    निर्देशक संगीता श्रेष्ठले बोर्डले फिल्म रिलिजको बेला अनावश्यक मानशिक तनाव दिएको भन्दै गुनासो ब्यक्त गरेकी छिन्। उनी भन्छिन्, 'बोर्डले पत्रमा उल्लेख गरेको यूट्युब लिंक हाम्रो अफिसियल मिडिया पार्टनरको होइन। कसैले हाम्रो सामाग्री चोरेर हालेको छ। अनि उक्त कुरामा ठाडो निर्देशन सहित मलाई पत्र काटिएको छ। के यो गर्नु मार्यादित हो र ?’ बोर्ड जस्तो जिम्मेवार संस्थाले कुनै पनि अनुसन्धान बिना कारबाही गर्ने भनेकोमा उनले आप्पती जनाइन्।

    असोज १२ गते प्रदर्शनमा आउने कथा काठमाडौंमा प्रियंका कार्की, प्रमोद अग्रहरी, संजोग कोइराला, आयुष्मान देशराज जोशी, सन्ध्या केसी लगायतको मुख्य भूमिका रहेको छ। बिकास बोर्डको यो पत्रले भने फिल्मको रिलिज अन्यौलमा परेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]