|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा एकै परिवारका दुई दिदीबहिनीको अनुहारमा अज्ञात समूहले अनुहारमा तेजाब (एसिड) प्रहार गरेका छन्। चन्द्रपुर नगरपालिका ६ बस्ने दिदी १८ वर्षीया सम्झना दास र बहिनी १५ वर्षीया सुस्‍मिता दासमाथि तेजाब प्रहार भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर जानकारी दिएको छ।

घरमा सुतिरहेको अवस्थामा दुवै दिदीबहिनीको अनुहारमा तेजाब फालिदिएर उनीहरू भागेका थिए। मंगलबार राति १२ बजे अज्ञात समूह घरमा प्रवेश गरी ढोका खोलेर दुवै छोरीको अनुहारमा तेजाब फालेर भागेको घाइतेका बुवाले बताएका छन्। घरमा आफू नभएको र आमा छोरी मात्र रहेकाले रातिको समयमा कोही आएर तेजाब हालेर भागेको उनेले बताएका छन्।

अनुहारमा तेजाब परेपछि दिदीबहिनी नै गम्भीर घाइते भएका छन्। तेजाबबाट उनीहरूका आँखा, टाउको र अनुहारमा गहिरो चोट लागेको छ। चन्द्रनिगाहपुर हस्पिटलले उनीहरूलाई थप उपचारका लागि बुधबार बिहान काठमाडौं पठाएको छ।

दुवैलाई थप उपचारका लागि काठमाडौं पठाएको र तेजाब छर्किनेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक युवराज खडकाले जानकारी दिए। घटनामा संलग्नको अहिलेसम्म पहिचान नभए पनि अनुसन्धान र संलग्नहरूको खोजी भने भइरहेका खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.