|

काठमाडौैं : अखिल नेपाल फुटबल संघको अध्यक्ष तथा उपाध्यक्ष पदका लागि  मतदान सुरु भएको छ। 

बन्दसत्र समाप्तिपछि ३ बजेबाट मतदान सुरु भएको हो। एन्फामा अध्यक्ष पदका लागि नरेन्द्र श्रेष्ठ तथा कर्माछिरिङ शेर्पा प्रतिस्पर्धामा छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा उपेन्द्रमानसिंह, मणि कुवँर र दिपक खाती उठेका छन्। यस निर्वाचनबाट चुनिने अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षको कार्यकाल एक वर्षको हुनेछ। अध्यक्ष गणेश थापाको निलम्बन तथा वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि निर्वाचन गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.