|

सिमकोट  : सर्केगाढ गाउँपालिका जैर-१ की पाँच वर्षीया बालिका कमला भियाँल घरको छतबाट लडेर गम्भीर घाइते भएकी छन्। बालिका भियाँल खेल्दाखेल्दै आफ्नै घरको छतबाट लडेर दायाँ आँखामा गम्भीर चोट लागेको बालिकाका बुबा चाउरे भियाँलले जानकारी दिए।

घाइते बालिका भियाललाई वडा कार्यालय र सामाजिक संघसंस्थाको पहलमा थप उपचारका लागि काठमाडौं लाने तयारी गरिरहेको समेत वडा अध्यक्ष गोकुल बुढाले बताए। घाइते बालिका  भियाँल लाई  जिल्ला अस्‍पतालमा उपचार हुन नसक्ने भएपछि काठमाडौं रिफर गरेको सर्केगाड गाउँपालिका-१ का वडा अध्यक्ष बुढाले थाहाखबरलाई बताए।

जिल्ला अस्पताल हुम्लालामा उपचार सम्भव नभएपछि घाइेत बालिकाका उपचारका लागि वडा कार्यालय, विभिन्न संघसंस्थालाई सहयोगको लागि हारगुहार गरेको वडा अध्यक्ष बुढाले बताए। उनकाअनुसार बालिकालाई निकै समस्या भएको थियो। घरको आर्थिक कमजोरकै कारणले थप उपचारका लागि काठमाडौं लिन हवाईजहाज भाडा र उपचार खर्चका लागि पनि समस्या देखिएपछि आफूले जिल्लाका सामाजिक संस्थालाई अनुरोध गरेको बताए।

घाइतेबालिका भियाँलको लागि उपचारको लागि केही संस्थाहरूले सहयोगी हातहरु भेटिए। नेपाल अष्ट्रिया साझेधारी संस्थाका अध्यक्ष छेपाल जोर्जे लामाले सिमकोटदेखि काठमाडौं सम्मको हवाई भाडा भन्दै ११ हजार रकम सहयोग गरेको अध्यक्ष बुढाले जानकारी दिए। काठमाडौंमा उपचारका लागि हुने खर्चमा पनि आधार विकास नेपालका तर्फबाट जिल्ला शिक्षा संयोजक कुञ्जोक लामाले उपचारका लागि सहयोग गर्ने  बताए। वडाध्यक्ष बुढाले भने, घाइते बालिकाको उपचारका लागि केही आर्थिक सहयोग जुटेपछि बुधबारै काठमाडौं लगेका हौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.