|

जनकपुर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको औपचारिक उद्घाटन गरेका छन्।

नारायणी नदीको पूर्वदेखि झापासम्मको भूभागलाई समेटेर यसअघि नै घोषणा गरिएको मधेश प्रदेश समितिको कार्यालय जनकपुरमा छ।

पार्टीका वरिष्ठ नेता अशोक राईसहित हजारौंको संख्यामा उपस्थित नेता कार्यकर्तासँगै यादवले मधेश प्रदेश समितिको कार्यालय उद्घाटन गरे। मधेशमा दुई प्रदेश हुनु पर्ने मागसहित सीमांकनको प्रमुख एजेन्डा बनाएर आन्दोलनरत फोरम नेपालले महिना दिनअघि मधेश प्रदेश र थरुहट प्रदेश गरी मधेशमा दुई प्रदेश घोषणा गरेको थियो। जसमा, नारायणी नदीदेखि पूर्व झापासम्म मधेश प्रदेश र नारायणी नदीदेखि पश्चिम कञ्चनपुरसम्मलाई थरुहट प्रदेश घोषणा गरिएको थियो।

सात प्रदेशको सीमांकन विभेदकारी तथा अवैज्ञानिक भएको भन्दै चर्को विरोध गर्दै आएको फोरम नेपालले मधेशमा दुई प्रदेश खाका सहित त्यसको कार्याविधि समेत तयार गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.