|

काठमाडौं : भाद्र शुक्ल पञ्चमी तिथि। सनातन धर्मावलम्बी महिलाहरूले शुक्रबार ऋषिपञ्चमी पर्व मनाएका छन्। आजको दिन बिहान झिसमिसेमै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, तिल, कुश, अपामार्ग (दतिवन) लगायतको प्रयोग गरी स्नान गर्ने चलन छ।
महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउनेलगायत प्रक्रिया अपनाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिलाहरू चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।

 विधिपूर्वक स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठसहित अरुन्धती(वशिष्ठपत्नी) को पूजा गरिन्छ। सप्तर्षिको पूजा गर्दा फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले महिनावारी भएका बेला अञ्जानमा गरेका पाप नष्ट हुन्छन् भन्ने मान्यता छ।
काठमाडौंको पशुपतिमा पूजा गर्न विहानैदेखि व्रतालु महिलाहरूको भिड देखिन्थ्यो कोही स्‍नान गर्दै थिए त कोही पूजा गर्नमा व्यस्त देखिन्थे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.