|

सिन्धुली : भदौ एक गतेदेखि कार्यान्वयनमा आएको नयाँ मुलुकी संहितामा व्यवस्था भएपछि सिन्धुलीमा श्रीमतीसँग सम्बन्ध बिच्छेदको माग गर्दै पुरुष अदालत जाने संख्या बढेकाे छ। नयाँ संहिता लागू भएपछिको यो अवधिमा जिल्ला अदालत सिन्धुलीमा सम्बन्धविच्छेदका लागि परेका ९ मुद्दामध्ये ३ वटा पुरुषले दायर गरेका मुद्दा रहेको अदालतले जनाएको छ।

यो संहिता कार्यान्वयन हुनु अघि पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न चाहे स्थानीय तह हुँदै अदालत जानु पर्ने झण्झटिलो व्यवस्था रहेका कारण पुरुषले सम्बन्धविच्छेद माग गरेका मुद्दा अदालतमा प्राय आउने गरेका थिएनन्। नयाँ संहिता लागू भएको २९ दिनको अविधमा ३ जना पुरुषले श्रीमतीसँग र ६ जना महिलाले श्रीमानसँग सम्बन्ध बिच्छेदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको जिल्ला अदालत सिन्धुलीका तहशिलदार हरि श्रेष्ठले बताए।

श्रीमानसँग सम्बन्धविच्छेदको माग गरेका केही महिलाले अंशविना नै सम्बन्धविच्छेदको माग गरेका छन्। नयाँ मुलुकी संहिताले सम्बन्धविच्छेद गर्दा महिलालाई सम्पत्ति दिनैपर्ने पुरानो बाध्यकारी व्यवस्था हटाएका कारण पनि अंशविना नै सम्बन्धविच्छेदको मुद्दा आएको हुन सक्ने कानुन व्यवसायीको भनाई छ।

एक वर्षमा सम्‍बन्धविच्छेदका ९४ मुद्दा दर्ता

सिन्धुलीमा पछिल्लो समयमा सम्बन्द्धविच्छेद्का घटनामा बृद्धि भएको छ। जिल्लामा सम्बन्धविच्छेदका घटना बढ्दै जानुमा आधुनिक जीवनशैलीको नक्कल र वैदेशिक रोजगारी मुख्य कारक बनेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ। जिल्ला अदालत सिन्धुलीको तथ्यांङ अनुसार आर्थिक वर्ष २०७४/०७५ मा सम्बन्धविच्छेदका ९४ वटा मुद्दा दर्ता भएको भएको छ। अदालतमा दर्ता भएको ९४ मुद्दा मध्ये ७८ वटा मुद्दाको फैसला भइसकेको तहसीलदार श्रेष्ठले बताए।

१६ वटा मुद्दा भने विचाराधीन अवस्थामा रहेको उनको भनाई छ। अदालको तथ्याङलाई आधार मान्दा जिल्लामा प्रत्येक वर्ष सम्बन्धविच्छेदका मुद्दा बढ्दो रुपमा रहेका छ। आर्थिक वर्ष २०७३/०७४ मा सम्बन्धविच्छेदका ७४ वटा मुद्दा दर्ता भएकोमा ०७४/०७५ मा बढेर ९४ पुगेको हो। आर्थिक वर्ष २०७२/०७३ मा भने जम्मा २९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो।जिल्लामा हरेक वर्ष सम्बन्धविच्छेदका मुद्दा बढ्दो क्रममा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.