|

कञ्चनपुर : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता लगाउन सरकारले पहल गनुपर्ने बताएका छन्। शुक्रबार भीमदत्तनगरमा अखिल छैठौँ कञ्चनपुरको १०औँ जिल्ला सम्मेलन उद्घाटन गर्दै हत्या भएको दुई महिना बितिसक्दा पनि सरकारले वास्तविक हत्यारा पत्ता लगाउन ढिलाई गरेको प्रति शंका समेत व्यक्त गरे।

‘बलात्कारी र हत्यारा जो सुकै किन नहोस, कानुनको दायमा ल्याउनुपर्छ, ‘उनले भने, ‘जसको सिंहासनमा पल्टिएको भए पनि हत्यारा र बलात्कारी पत्ता लगाउनुपर्छ।’ प्रहरीबाट हाकाहाकी त्रुटी भएको भन्दै अध्यक्ष केसीले हत्याराको पहिचान नगरेसम्म निरन्तर निर्मलाको न्यायका लागि आन्दोलनमा होमिनसमेत आह्वान गरेका छन्। अनुसन्धानमा गल्ती गरेका प्रहरीलाई कारबाही गनुपर्ने उनको भनाई थियो।

यसैबीच अध्यक्ष केसीले संघीयताका कारण राष्ट्रियता धरापमा परेको भन्दै संघीयता खारेजी गनुपर्ने बताए। उनले राष्ट्रिय बचाउन संघीयता खारेजी गरेर एकल राज्य प्रणाली अवलम्बनमा जोड दिए।

‘नेपालमा नयाँ संविधान, गणतन्त्रलगायत जनताका थुप्रै अधिकार आएसँगै संघीयता पनि आएको छ', उनले भने, ‘संघीयता मुलुकका समस्या भएको छ।’ नेपाल जस्तो मुलुकले संघीयता धान्न नसक्ने जिकिर गर्दै अध्यक्ष केसीले छलफलै नगरीकन ल्याएको संघीयता जनताले अहिले महसुस गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.