राजनीतिक भेटघाट हैन : राजदूत पुरी

|

हुम्ला : भारतीय राजदूत मन्जिभसिंह पुरी दुई दिनका लागि आफनो परिवारसहित शनिबार एक्कासि  हुम्ला पुगेका छन्।  राजदूत पुरीकी श्रीमतीसहित सात सदस्यीय टोली  बिहान सिमकोट पुगेका हुन्। परिवारसहित सिमकोट पुगेका राजदूत पुरीले सिमकोट विमानस्थलमा पुग्नेबित्तिकै आफ्ना देशमा कैलाश मानसरोवर जाने धार्मिक पर्यटकलाई सुविधा हुने गरी पूर्वाधार निर्माणमा जोड दिएका छन्।

नेपालगंजबाट हवाईजहाजमा सिमकोट आएका पुरीले जिल्लास्थित सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पौण्डेल, सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन्। राजदूत पुरीसँग ५ जानको टोली हुम्लाको सिमकोटमा पुगेको छ। राजदूत र उनका परिवारबाहेक अन्य राजदूतसँग आएका प्रतिनिधि फिष्टेल एअरको हेलिकोप्टरबाट चीनको स्वशासित क्षेत्र तिब्ततसँग जोडिएको हिल्सा नाकामा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर गहेन्द्र बोगटीले थाहाखबरलाई बताए।

उनले उनीहरू के कारणले आएको भन्ने आफूलाईसमेत थाहा नभएको सुनाए। भेटमा सहायक प्रमुख जिल्ला अधिकारी महेशमुकामर पौड्यालले सिमकोट विमानस्थलबाट जिल्ला अस्पताल केही टाढा भएकाले आपतकालीनका लागि ल्याएका बिरामीको उपचार गर्न समस्या भएको बताउँदै सिमकोट विमानस्थलमै घुम्ती स्वास्थ्य क्लिनिकको व्यवस्थाका लागि आग्रह  गरे।

सदरमुकाम सिमकोट विमानस्थमा पुगेलगत्तै राजदूत पुरीले हुम्लाका लागि भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने वचन दिएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए। हुम्ला आफैँमा प्राकृतिक स्रोतसाधनले भरिपूर्ण  भएको यो शिवजीको बस्ने स्वर्गको ठाउँमा भएकोले यसलाई भारत सरकारले पनि विशेष क्षेत्रका रूपमा हेरेको पुरीले बताए।

राजदूत पुरीलाई जिल्लामा भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्न  सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले आग्रह  गरे। उनले सिमकोट आसपासमा गाडी गुड्न थालेपछि  बिरामाी ओसारपसार गर्ने एम्बुलेन्सको आवश्यकता भएको भन्दै भारतीय राजदूतसँग एम्बुलेन्स माग गरे।

राजनीतिक भेटघाट हैन : राजदूत पुरी

आजै नेपालगन्जबाट हुम्लाको लागि एक दिने बास बस्ने गरी राजूत पुरीको टोली समिट एयरको जहाजबाट हुम्लामा आइपुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमारपोखरेलले बताए।  राजदूत पुरीले भने कुनै यो राजनीतिक भेटघाट नभएको र नितान्त आफ्नो व्यक्तिगत रूपमा हुम्लामा एक बास बस्नको लागि आएको सञ्‍चारकर्मीलाई बताए। आजै हुम्लाबाट मुगु जिल्लामा रहेको रारा तालको समेत अवलोकन गर्ने  जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्‍स्‍पेक्टर बोगटीले बताए। भारतीय राजदूत एक्‍कासि हुम्लामा  आउनुको कारण  जिल्लाका राजनीतिक दल, नागरिक अगुवा लगायतले रहस्मय भएको  बताएका छन्।

आफ्नै नागरिकसँग भलाकुसारी

राजदूत पुरीले आफ्नै देशका नागरिक कैलाश मानसरोवरको दर्शन गर्न गएका भारतीय   तीर्थयात्रीसँग सिमकोट विमानस्थलमै सोधपुछ गरे।  समिट एअरको विमानबाट नेपालगञ्ज हुँदै सिमकोट विमानस्थलमा ओर्लेका राजदूत पुरीले मानसरोवरको यात्रा र आइपरेका समस्याबारे आफ्ना  नागरिकसँग भलाकुसारी गरे।   आफ्ना नागरिकसँग  भारतीय राजदूतावास सधैँ साथमा रहेको र तीर्थयात्रीमा समस्या हुन नदिने आफ्ना नागरिकसँग प्रतिवद्धता जनाए।

राजदूत पुरीसँगै आएका भ्रमण मण्डलका ५ जना सदस्य सिमकोट पुगेलगत्तै नेपाल चीनको सिमाना हिल्सा गएका छन्। पुरी आफनी  श्रीमतीसहित सिमकोट रहेको  विजय होटलमा एकदिने बास बस्ने कार्यक्रम रहेको हुम्लास्थित भारतीय राजदूतावासका प्रतिनिधि जनकबहादुर शाहीले  जानकारी दिए। पुरी आइतबार मुगुको रारा अवलोकन गर्न जाने कार्यक्रम छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.