|

रोल्पा : उर्जा, जलस्रोत एवं सिंचाई मन्त्री वर्षमान पुनमगरले नेपालको संघीयता आम नेपालीको त्याग, योगदान र शहीदको बलिदानबाट आएकाले संघीयतालाई सफल बनाउनका लागि सबै निकाय जिम्मेवारीपूर्ण तरिकाले लाग्नुपर्ने बताए। शनिबार जिल्ला समन्वय समिति रोल्पाकाे आर्थिक वर्ष २०७४/०७५ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री पुनमगरले यस्तो विचार राखेका हुन्।

मन्त्री पुनमगरले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारकाे सुनिश्चितता राज्यले नगरी जनताबाट कर मात्रै लिन नहुने बताए। कर मात्रै लिएर विकासका काम नगरेमा राज्यप्रति जनताकाे धारणा नकारात्मक हुने भएकाले जनताको जीवनस्तरमा आमूल परिवर्तनका लागि लाग्न सबै जनप्रतिनिधिले लागिपर्न अनुराेध गरे। उनले रोल्पा र आम नेपालीले अनुभूति गर्ने गरी काम गर्नुपर्ने पनि बताए। उनले भने,' हामी २०५२ साल अगाडि रोल्पा, जनयुद्धकालीन रोल्पा, शान्ति प्रक्रियापछिकाे रोल्पा, संविधान र निर्वाचनपछिको नयाँ रोल्पा बनाउन चाहन्छाैं। यस कार्यमा सवैलाई अनुरोध गर्दछु।' उनले संघीयता सफल बनाउन आम नेपाली लागिपर्न समेत अनुराेध गरे।

मन्त्री पुनमगरले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका मौलिक हकलाई सरकारबाटै दायित्व निर्वाह गर्ने गरी तयारी भइरहेको बताए। नेपाली जनता सार्वभौम भएकाले आफूले निर्वाचित गरेको जनप्रतिनिधिले सकरात्मक कार्य गरी देओस् भन्ने जनअपेक्षा  प्रतिनिधिहरूले नकार्न नहुने पनि बताए। संघीयतालाई असफल पार्न लागेका परेका विभिन्न समूहले छरेकाे भ्रम चिर्नका लागि जनप्रतिनिधि र राजनीतिक पार्टीहरू पनि लाग्नुपर्नु पर्ने पनि बताए। मन्त्री पुनमगरले भने,' हाम्रो तीन तहको भेटघाट गराउने निकाय भनेको जिल्ला समन्वय समिति हो।

 जिल्ला समन्वय समितिले नगर, गाउँपालिकाको समन्वय,अन्तर पालिकाको समन्वयमा भएको विभिन्न विषयमा अध्ययन गरी समन्वय तथा समझदारी कायम गर्ने, वार्षिक समीक्षा गरी संघीय सरकार र प्रदेश सरकारलाई सुझाव पेश गर्ने व्यवस्था संविधानमा गरिएकोले त्यसको कार्यान्वयन गर्ने निर्देशन गर्दछु।' समीक्षा

कार्यक्रममा प्रदेश-५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी प्रदेशको समीक्षामा रोल्पा जिल्लाले नयाँ मोडेल पेश गरेको बताए। साथै नयाँ प्रयोग, नयाँ विधि निर्माण तथा कार्यान्वयन गर्नका लागि लागेकोले यसमा समस्या र सिकाइका बीचबाटअगाडि बढ्न खोजिएको बताउँदै त्यस कठिनताको बीचमा नयाँ गति कायम गरी अगाडि बढ्नुपर्ने बताए। उनले प्रदेशको राजधानी भौगलिक रुपमा र प्रदेशका सबै नागरिकलाई पायक पर्ने स्थानमा बनाउने छलफल भइरहेको छ। उनले छलफल र बहसबाट टुंगाे लगाउन सबैले सुझाव पेश गर्नका लागि अनुरोध पनि गरे। आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले अब प्रत्येक जिल्लामा सुरक्षा गण बस्ने जानकारी दिए।

मन्त्री केसीले प्रदेश सरकारले नीति निर्माण गरी प्रदेशलाई मोडेल बनाउने काम भइरहेकाले अब १२ वटै जिल्लामा विभिन्न कार्यालय, डिभिजन कार्यालय स्थापना गर्नका लागि परेको पनि बताए। उनले प्रदेशले मानव विकासको सूचकांक र मागमा आधारित विकास निर्माणलाई अगाडि बढाउनुपर्ने बताए। उनले अब मागका आधारमा भन्दा पनि प्राथमिकताको आधारमा विकासलाई बाँडफाँड गर्ने गरी लागिएको बताए।

राष्ट्रिय सभा सदस्य मीना बुढामगरले विगत भन्दा हाल निकै जनताको हितमा काम गरेको दावी गर्दै यसलाई अझै नयाँ गति प्रदान गर्नुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महराले नेपाली जनताको नयाँ संविधान जनयुद्ध, ऐतिहासिक जनआन्दोलनको ठूलो बलिदानबाट आएकोले त्यसको विकास र संस्थागत गर्नका सबैको जिम्मेवारी थप भएकोले आफ्नो कर्तव्य निर्वाह गर्नु पर्ने बताए। बलिदानबाट आएको त्यसको रक्षाका लागि सबै लाग्नका लागि अनुरोध गरे। यस क्रममा नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर नताको विकास लागि लाग्नका लागि सबै लाग्नुपर्ने बताए। जनताको मतबाट निर्वाचित जनप्रतिनिधिले जनताको हितमा काम गर्नका लागि आह्वान गरे। सबै रोल्पा जिल्लाको विकासका लागि लाग्नुपर्ने बताए। 

कार्यक्रममा पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य ओनसरी घर्तीमगर, प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगर (सिजल), पूर्व सांसद लेखनाथ आचार्य, पूर्व जिविस सभापति पृथ्वीप्रसाद रोकामगर कोष तथा नियन्त्रण कार्यालय रोल्पाका प्रमुख कोष नियन्त्रक नरेन्द्र विष्ट, खड्क दल गणका गणपति अजय गुरुङ, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दीपक खड्का, राष्ट्रिय अनुन्धान अधिृत कुलचन्द्र नेपाल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्मा, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्वकमाुर चन्द, गैर सरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष कर्णबहादुर बाठामगर, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं जिल्ला सभापति नौलसिंह पुनमगर लगायतको पनि उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.