|

पोखरा : बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको विषयमा सत्यतथ्य छानबिन हुनुपर्ने माग राख्दै शनिबार पोखरामा विरोध र्‍याली निकालिएको छ। निर्मलाको लागि न्याय भनेर सामाजिक सञ्जालमार्फत् स्वतस्फुर्त रूपमा बलात्कारीलाई कारबाही गर्नुपर्ने माग राख्नेहरू शनिबार पोखराको सडकमै निस्केका हुन्।

सरकारले हत्यारा पत्ता लगाएर कारबाही गर्नुपर्छ भन्दै र्‍यालीमा सहभागीहरूले कालो लुगा, टाउकोमा कालो पट्टी र हातमा 'सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी' लेखेको प्लेकार्ड बोकेका थिए।

पोखराको मानवअधिकार चोकबाट सुरु भएको र्‍याली महेन्द्रपुल पुगेर पुन मानव अधिकार चोकमा पुगेर कोण सभामा परिण भएको थियो। र्‍यालीमा बालबालिका, वृद्धवृद्धा, युवकयुवतीलगायतको सहभागिता रहेको थियो। गुरुकुलका विद्यार्थी तथा गुरुहरूले स्वस्तिक वाचन गरेपछि र्‍याली सुरु भएको थियो।

कोणसभामा आफ्नो नाम अनिषा बताउँदै एक किशोरीले भनिन् ‘अहिले निर्मला पन्तको जसरी बलात्कारपछि हत्या गरेर फालियो, अबको दिनमा कोही चेली निर्मला पन्त हुन नपरोस् भनेर हामी आज यहाँ आएका हौँ। सबैले आफ्नो आफ्नो क्षेत्रबाट सरकारलाई खबरदारी गरौँ।’


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.