|

विराटनगर : भारतको आग्रामा आयोजना हुने ४६ औं संस्करणको एसियन स्कुल यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको विराटनगरमा बिदाइ गरिएको छ। नेपालले यस प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै छ।

टोलीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले आइतबार बिदाइ गरेका हुन्। । एन्फाका केन्द्रीय सदस्य तथा टोली व्यवस्थापक रुपेश अधिकारीका अनुसार २० खेलाडी र आठ अफिसियलसहितको टोली असोज ४ मा भारत प्रस्थान गर्ने छ।

एक महिनादेखि विराटनगरमा भएको बन्द प्रशिक्षणबाट नेपाली खेलाडीको टिम तयार पारिएको हो। आग्रामा असोज ४ सुरु हुने प्रतियोगिता १० दिनसम्म चल्ने छ। 

नेपाली टोलीको दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी चयन गरिएको छ। गोलरक्षकको भूमिकामा विष्णुकुमार केसी, विशाल सुनार र सूर्य अधिकारी मध्ये एक जना रहने छन् । विकास खवास, नवीन गुरुङ, राजन गुरुङ, असीम गुरुङ, रन्दिप पौड्याल र सजित राई डिफेन्सको भूमिकामा रहने छन्। नितिन थापा, मनिष थापा, जय गुरुङ, सेतेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र अनिल महर्जन मिडफिल्डर हुन्। स्ट्राइकरमा कप्तान दिनेश हेन्जन, बुद्ध बल तामाङ, रितिक खड्का, अनुप गुरुङ र टीका गुरुङ रहेका छन्।

मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, प्रशिक्षकमा पासाङ तामाङ, गोलरक्षक प्रशिक्षकमा चक्रबहादुर तामाङ, टिम व्यवस्थापक रुपेश अधिकारी, अफिसियल दिपेन्द्र तिवारी, रेफ्री श्रवण लामा, फिजिओ प्रवेष भट्राई र पत्रकार किशोर बुढाथोकी टोलीमा छन्। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताका लागि टोली पूर्ण रुपमा तयार रहेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.