|

इनरुवा : सुनसरीको कोसी गाउँपालिकाले नागरिकको सुविधाका लागि २६ वटा सिफारिस निःशुल्क गर्ने निर्णय गरेको छ। 

गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले जानकारी दिए।

गाउँपालिकाले मोही नामसारी तथा मोही बाँडफाँट सिफारिस, निवेदन दस्तुर, कच्ची घर प्रमाणित, बसोबास प्रमाणित, नाम थर उमेरलगायत संशोधन, टिनको छाना भएको कच्ची घर कायम सिफारिस, तीनपुस्ते खुल्ने सिफारिसलगायतका सिफारिस निःशुल्क गरेको छ। 

त्यसैगरी नागरिकता प्रमाणपत्र सिफारिस, नागरिकता सर्जमीन, नागरिकताको प्रतिलिपि सिफारिस, अङ्गीकृत नागरिकता सिफारिस, वैवाहिक अङ्गीकृत, विवाह प्रमाणपत्र, जन्म प्रमाणित, मृत्यु प्रमाणित, बसाइँसराइ प्रमाणित, अविवाहित प्रमाणित, चारित्रिक एवं सूचीकृत वर्ग सिफारिस कोसी गाउँपालिकामा स्थायी बसोबास नभएको हकमा, कृषिसम्बन्धी सिफारिस बोरिङ गर्नेसमेत, व्यवसाय बन्द गर्ने सिफारिश, नाता प्रमाणित नेपालीमा, नाता प्रमाणित अङ्ग्रेजीमा, नम्बरी जग्गाको रुख काट्ने सिफारिस, विद्युत् सिफारिसलगायतका सिफारिस निःशुल्क गर्ने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.