|

काठमाडौं : कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चङ्गा चेट’को दोस्रो गीत रिलिज भएको छ। सोमबार यूट्युबमार्फत फिल्ममा समावेश ‘ढल्की ढल्की’ बोलको गीत रिलिज गरिएको हो। अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा हरिहर तिमल्सिनाको शब्द तथा मिस्टर आरजेको संगीत सुन्न सकिन्छ।

प्रविन सिंहको नृत्य निर्देशनमा तयार भएको उक्त भिडयोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको नृत्य देख्न सकिन्छ। भिडियोमा प्रियंका र आयुष्मानसँगै सन्दीप क्षेत्री, रवीन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा पनि फिचरिङ छन्।

डार्क कमेडी फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेको फिल्मम प्रदीप भारद्वाजको पटकथा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको पनि संगीत समावेश छ। निरक कडेँलले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.