|

हेटौँडा : प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको राजधानीको टुंगो सहमतिको आधारमा लगाउनुपर्ने बताएका छन्।सोमबार प्रदेश ३ को प्रदेशसभाको भदौ १८ गते बसेको ४८ औं बैठकको विशेष समयमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन्। 

मन्त्री जम्कट्टेलले पक्ष र विपक्षमा बाँडिएर मतदानबाट भन्दा पनि सहमतिमा राजधानीको बारेमा टुंगो लगाउनुपर्ने बताए। प्रदेश सरकार प्रदेश राजधानी र यसको नामाकरणको विषयमा गम्भीर रहेको समेत उनको भनाई थियो। उनले प्रदेश सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार्दै सरकार चुप लागेर नबसेकाे भनी जिकिर गरे। 

प्रदेश सरकारले ऐन कानुन निर्माणलाई तीब्रता दिएको समेत उनको दावी थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.