|

श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) मा सोमबार राति भएका े खेलमा अफगानिस्तानसँग ९१ रनले पराजित हुँदै श्रीलंका समूह चरणबाटै बाहिरिएको हो।  अफ्गानिस्तानले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ४९ रन बनायो। अफगानिस्तानका लागि रहमत शाहले ७२ रन बनाउँदा ईन्सानुल्लाह जनतले ४५ रनको योगदान दिए।

२ सय ५० रनको मध्यम चुनौती पछ्याएको श्रीलंकाले ४१ ओभर २ बलमा अलआउट हुँदै १ सय ५८ रन मात्रै जोड्न सक्यो। श्रीलंकाको लागि उपुल थरंगाले ३६ रन तथा थिसारा परेराले २८ रन जोडे। 

श्रीलंकाका व्याट्म्यानलाई  सस्तैमा समेट्न अफ्गानिस्तानका नाबीर रसिद, गुल्बदीन र मजिबले २–२ विकेट लिए। उपाधि दाबेदार मानिएको श्रीलंका एसिया कपको समुह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ। श्रीलंकाको समूहबाट बंगलादेश र अफगानिस्तान अन्तिम चारमा प्रवेश गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.