|

कपिलबस्तु : जिल्ला अदालत कपिलवस्तुले बलात्कारको घटनामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै ११ वर्ष कैद तथा १–१ लाख जरिवाना तोकेको छ।

सोमबार जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलासले पुर्पक्षका लागि थुनामा रहेका २ जना र धरौटीमा रिहा भएका ३ जनालाई समान ११–११ वर्षको कैद सजाय सुनाइएको हो। २०७३ जिल्लाको मायादेवी गाउपालिका एक पकडीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न सबै दोषी ठहर भएका छन्। धरौटीमा रिहा भएकालाई समेत दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको हो। 

मायादेवी गाउँपालिका पकडी पिर्चुखीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई सामूहिक बलात्कार घटनामा दोषी ठहर गरिएकोे छ। भारत घर भई आफ्नो मामा घर पकडी बस्ने २० वर्षीया युवतीको फुपुको घर बाँसखोर विमिहा जाने क्रममा २०७३ साल माघ २६ गते पिर्चुखी स्थित मर्थी खोला नजिकै सामूहिक बलात्कार भएको थियो। बलात्कार पश्चात युवतिको नग्न भिडियो समेत बनाई सामाजिक संजालमा हालिएको थियो। सोही आधार तथा प्रमाण अनुसार प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरि मुद्दा दायर गरेको थियो। 

घटना के थियो ?

बलात्कारमा परेकी २० बर्षीया उक्त युवतीको पकडी गाविस– ४ पिचुर्खीका २० वर्षे बब्लु भन्ने अब्दुल रसिदसँग प्रेम संम्बन्ध थियो। उनैले डेटिङका लागि युवतीलाई मर्थी खोलामा लगेका थिए। सोहि समयमा बब्लुले आफ्ना साथीहरुलाई बोलाएर बलात्कार गरेका थिए। घटनाबारे युवतीले डर र त्रासका कारण कसैलाई भनेकी थिइनन्। ती युवाहरुले युवती माथि गरको क्रियाकलापको भिडियो सार्वजनिक गरे पछि घटनाको रहस्य खुलेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.