|

पाकिस्तानको नयाँ सरकारले पुरानो सरकारले किनेका ७० वटा अत्याधुनिक कार बिक्री गरेको छ। 

पाकिस्तानको प्रधानमन्त्री कार्यालयमा रहेका ७० वटा सुविधासम्पन्न कार लिलाम बिक्री गरिएको हो। प्रधानमन्त्री इमरान खानले घोषणा बिक्री भएको पैसा राज्यको ढुकुटीमा जम्मा गर्ने निर्णय यस अघि नै गरेका थिए। 

सोही क्रममा उनले प्रधानमन्त्रीको सरकारी आवासमा समेत नबस्ने घोषणा गर्दै तीन बेडरुम भएको एउटा सामान्य घरलाई आफ्नो सरकारी निवास बनाएका छन्।

लिलामीका लागि १०२ वटा कार राखिएकोमा सोमबार ७० वटा कार बिक्री भएको हो। उनले बजार मूल्यभन्दा बढी दाममै ती कार बिक्री भएको पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले बताएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। त्यस्तै उनले  प्रधानमन्त्री निवासमा रहेका केही भैँसीसमेत बेच्ने सरकारको योजना रहेको उनले जानकारी दिए। 

वर्तमान सरकारले नवाज शरीफको कार्यकालमा प्रधानमन्त्रीको सरकारी निवासमा पालिएका ८ भैँसी बेच्ने योजना बनाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.