|

काठमाडौं : स्थानीय कर विषयमा अध्‍ययन गर्न  सरकारले गठन गरेको समितिले अझै आफ्नो काम पूरा गर्न सकेको छैन। १५ दिनको अवधि दिएर गठन गरेको समितिले यसैसाता मात्रै प्राम्भिक अध्‍यन प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउने तयारी गरेको राजश्‍व सचिव शिशिरकुमार ढंगानाले बताए। 

 स्थलगत अध्‍ययन भ्रमण गरी काम गरेको कारण केही ढिला हुन पुगेको समितिका सदस्य  शिशिरकुमार ढंगानाले बताए। "हामीले स्थलगत अध्‍ययनको काम सकेका छौँ पर्सीसम्म हाम्रो अध्‍‍यन प्रतिवेद अर्थमन्त्री समक्ष पेस गर्छौ" अर्थसचिव ढंगानाले भने। सरकारले गत भदौ पहिलो साता  सामान्य प्रशाशन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्‍वमा,  राजस्व सचिव शिशिरकुमार ढुंगाना र राष्ट्रिय प्राकृतिक तथा आर्थिक आयोगका सचिव  बैकुण्ठ अर्याल रहेको समिति गठन गरेको थियो। त्लायो समितिलाई १५ दिनको म्याद दिएको थियो।

यस बीचमा तीन तहका सरकारले उठाएको कर व्यवसायीहरूमा माग लगायतका विषयमा समितिले अध्‍‍यन गरेको सचिव ढु‌ंगानाले बताए। 

कर पुनरावलोकनमा चेम्वरका १२ वुदे सुझाव

निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल चेम्बर अफ कमर्शले कर पुनारावलोकन १२ बुदे सुझाव दिएको छ। थपलिया संयोजक रहेको समितमा घरबहाल कर पाँच प्रतिशत कायम गरिनु पर्ने, कर खर्च हुने क्षेत्रमा मात्रै कर उठाउनु पर्ने दर नभइ दायारा वर्द्धि गर्नु पर्ने लगायतका १२ बुदे सुझाव दिएको हो। 

यसस्ता छन् चेम्बरका १२ सुझाव

  •  घरजग्गाको मूल्यांकन वैज्ञानिक ढंगले यथार्थपरक गरिनु पर्ने।
  •   घर बहाल करको दर घटाई  पाँच प्रतिशत कायम गरी दायरा वृद्धि गर्नु पर्ने।
  •  पार्किड्ड व्यवस्थित ढंगले गरेर मात्रशुल्क उठाउनु पर्ने।
  • प्रचलित कानुनले कर उठाउन नपाउने गरी बन्देज गरेको क्षेत्रमा विभिन्न शिर्षकमा शुल्क उठाउने गरिएकोले सो कार्य बन्द गर्नु पर्ने।
  •   कर वृद्धि गर्दा साविकमा भएको कर भन्दा अधिकतम १०–१५ प्रतिशतभन्दा बढि वृद्धि गर्न नहुने
  •     कर निर्धारण गर्दा सरोकारवालासंगअनिवार्य रुपमाछलफल गरिनु पर्नेे।
  •     सरकारले निःशुल्क भनेको कतिपय सेवामा स्थानीय तहले कर लगाएको छ सो अविलम्व फिर्ता गरिनु पर्ने।
  •     करको दायरा बढाउदा नबुझेर अज्ञानतावस लगाइएको कर हटाइनु पर्ने।
  •     पञ्जीकरणका सम्वन्धमा स्थानीय तहले कर लिने प्रावधान राख्नु गलत भएकोले सो खारेज गरिनु पर्ने।
  •     जन्म, मृत्यु, विवाह र वसाई सराइ जस्ता पञ्जीकरण राज्यको दायित्वभित्र पर्ने हुंदा नागरिकबाट कर लिनु नहुने।
  •      नागरिकको क्षमताअनुसार मात्र कर लगाउनु पर्ने।
  •   निकासी कर खारेज गरिनु पर्ने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.