|

जनकपुरधाम : धनुषा जिल्लाको मिथिला नगरपालिकाबाट झण्डै १६ किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ। धनुषाको पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पर्ने मिथिला नगरपालिका-९ बडहरीस्थित सवारी साधन चेकजाँच गर्ने क्रममा २ वटा बोरामा तरकारीसंँगै राखेको १५ किलो ७१० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पर्सा जिल्लाका स्थायी घर भएका सखुवा प्रसौनी गाउँपालिका १ बस्ने ५९ वर्षीया बासुदेवप्रसाद महतो थारु रहेको छ। महतोको साथबाट १५ किलो ७१० ग्राम गाँजासहित नगद १५०० बरामद भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। थारुले बसबाट २ वटा प्लाष्टिकको बोरा झारी रोडको साइडमा राखेर एउटा प्लाष्टिकको बोरा काँधमा र अर्को अर्को प्लाष्टिकको बोरालाई घिसार्दै ढलकेवर स्थित तराई निजी वन कार्यालयतर्फको बाटो भई बडहरी खोलातर्फ जादै गर्ने क्रममा शंका लागि निजलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।

भन्टाको बोराभित्र खानतलासीको क्रममा केपिएस लेखिएको एउटा बोराबाट १० किलो ४५० ग्राम र अर्को बोराबाट ५ किलो २५ ग्रामको बण्डलबाट गाँजा बरामद भएको हो। पक्राउ परेका थारुलाई जिल्ला अदालत धनुषाबाट लागू औषध ओसार पसारअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.