|

तेह्रथुम : संविधान दिवसको अवसारमा सिंहवाहिनी मन्दिर र जिल्ला अस्पताल परिसर सरसफाई गरिएको छ। संविधान दिवस मूल समारोह समिति, तेह्रथुम र म्याङ्लुङ नगरपालिकाको संयुक्त आयोजनामा मंगलबार सरसफाई कार्यक्रम गरिएको हो। 

सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति, तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगाना, म्याङ्लुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्वाहाम्फे, जिल्ला न्यायाधीश नारायण पराजुली, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी हुमागाई, सुरक्षा प्रमुख, कर्मचारी, पत्रकार, लगायत आम नागरिकको सहभागिता रहेको थियो। सरसफाई कार्यक्रम कुनै दिवस विशेषमा मात्रै नभई हरेक दिन हरेक नागरिकले गर्नुपर्ने सहभागीको भनाइ रहेको छ।

हामी सबैले आआफ्ना घर, टोल, कार्यालय तथा सार्वजनिक स्थलहरु सफा राख्न आफैं लाग्नु पर्ने भन्दै यसो गर्न सके हाम्रो स्वास्थ्यमा पर्न जाने प्रतिकूल असरबाट बच्न सकिने नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य भूपतिलाल श्रेष्ठले बताए। नेपालको संविधान २०७२ जारी भएको महत्वपूर्ण दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको संविधान दिवस मूल समारोह समितिले जनाएको छ।

असोज २, ३ र ४ गते तीनै दिन साँझमा जिल्लास्थित सरकारी कार्यालय, संघसंस्था, मन्दिरहरू लगायत सम्पूर्ण नागरिकका घरघरमा दीपावली गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले बताए। 

कार्यक्रमहरुमा असोज २ गते संहवाहिनी मन्दिर र जिल्ला अस्पताल परिसर सरसफाई, असोज ३ गते र्‍यालीसहित म्याङ्लुङ बजार परिक्रमा र दिउँसो टुंडिखेलमा सभाका साथै लोकसाँस्कृतिक नृत्य, बाजागाजा, मार्सलआर्ट लगायत विभिन्न जातजातिका झाँकीहरू प्रस्तुत गरिने जिसस प्रमुख ढुंगानाले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.