|

काठमाडौं : महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मगरले लैंगिक हिंसा न्यूनीकरणका लागि सरकार प्रतिवद्ध रहेको बताएकी छन्।

लैंगिकतामा आधारित हिंसा सम्बोधनको लागि बहुक्षेत्रीय सेवा सम्बन्धि राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले हिंसा न्यूनीकरणका निम्ति सरकार गम्भीर रहेको बताइन्। पछिल्लो समय महिला हिंसाका अत्यन्त जघन्य खालका घटना भइरहेको बताउँदै मन्त्री थापाले त्यसको न्यूनीकरण गर्न सबै लाग्नुपर्ने धारणा राखिन्। मुलुक संक्रमणकालीन अवस्थामा रहेको भन्दै उनले पुरानो संरचना छाडेर नयाँ संरचनामा गएकाले यसलाई जनतामाझ प्रभावकारी ढंगले लैजानुपर्ने बताइन्।

'अहिले हामी पुरानो संरचना छाडेर नयाँ संरचनाको संघारमा छौ। नयाँ संरचनालाई परिपक्व बनाउनुपर्ने छ', उनले भनिन् 'संघ, प्रदेश, स्थानीय तहमा नीति, ऐन, कानुन बनाएर जनताको बीचमा प्रभावकारी ढंगले लैजानुपर्नेछ।' ती कुराहरू निर्माण गरेर कार्यान्वयन गर्न केही समय लाग्ने बताउँदै मन्त्री थापाले हिंसाको अन्त्य तथा न्यूनीकरणका लागि अहिले भएका कानुनहरू पनि पर्याप्त भएको बताइन्। तर त्यसलाई कार्यान्वयन गर्ने कुरामा स्थानीय तहदेखि कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले ती ऐन, कानुन स्थानीय तहमा कार्यान्वयन गराउन नसक्दासम्म हिंसा अन्त्य नहुने बताइन्।

'स्थानीय तहमा ऐन, कानुन कार्यान्वयन गराउन नसक्दासम्म हिंसा अन्त्य हुँदैन। ऐन, कानुन कार्यान्वयन नभएमा जनताले महसुस गर्न सक्दैनन्', मन्त्री थापाले भनिन् 'स्थानीय तहमा जनप्रतिनिधि छन्। उनीहरूले जनताका समस्या समाधानका निम्ति भूमिका खेल्नुपर्छ।' भर्खर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा महिला हिंसा अन्त्यका निम्ति केन्द्र देखि स्थानीय तहसम्म अभियानकै रुपमा सञ्चालन गर्ने भन्नेबारेमा संकल्प प्रस्ताव पारित गरेको मन्त्री थापाले बताइन। भएका कानुनहरूलाई व्यवस्थित गरेर स्थानीय तहमा कानुन बनाउन सहयोग गर्नुपर्ने बताउँदै उनले कस्तो कानुन बनाउने भन्ने बारेमा छलफलमा रहेको बताइन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.