|

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अहिले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन्। संविधान दिवसको अवसरमा हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले राजनीतिक लडाईको यात्रा सम्पन्न भइसकेको बताउँदै अबको यात्रा सुशासन र आर्थिक समृद्धिको भएको बताए।

प्रदेश सरकार गठन भएको छ महिना बितेको र केही समयपछि प्रदेश सरकार मार्फत हुने विकास निर्माणका कामहरुले तीव्र रुपमा गति लिने समेत उनको दावी गरे। 

दिवसको हेटौँडाको भुटनदेवी स्कूल चौरबाट सुरु भएको प्रभातफेरी बजारका विभिन्न क्षेत्र परिक्रमा गरी मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर समापन भएको थियो। दिवसको अवसरमा जनआन्दोलन–२ का शहीद वासुदेव घिमिरे र जनयुद्धका शहीद रुद्र पाख्रिनका परिवारलाई सम्मान गरिएको छ। दिवसको अवसरमा विभिन्न समुदायका झाँकी प्रदर्शन गरियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.