मधेसवादी दलको चरित्र दोहोरो

|

काठमाडौं : चौथो संविधान दिवस मनाइरहँदा कांग्रेसले सरकारलाई संघीयतालाई बलियो ढंगले दिशाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको आरोप लगाएको छ। कांग्रेसले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रदेशहरूको राजधानीको टुंगो नलागेको, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठनको ढिलाइमा पनि कांग्रेसले आरोप लगाएको हो।

पत्रकार सम्मलेनमा कांग्रेसले जारी गरेको विज्ञप्ति पढ्दै प्रवक्ता विश्वप्रकाश शर्माले संघीय सरकार र प्रदेश सरकारबीच सहज तादम्यता स्थापना नगरिएकाले केन्द्र र प्रदेशका बीचमा सार्वजनिक रूपमै विवाद बढेको बताए। सरकार संविधानको अपनत्व विस्तारमा पनि सरकार चुकेको आरोप कांग्रेसले लगाएको छ। संविधान संशोधनमा विगतको सरकारलाई राष्ट्रघाती भने पनि अहिले सरकारले संशोधनलाई सत्ताको बार्गेनिङका रूपमा मात्रै प्रयोग गरेको आरोप लगाए।

सरकारमा रहेका कसैले संविधान नमान्ने भनेर घोषणा गर्नु दुनियाँमा कही नभएको घटना बताए। ‘तराईमा कालो दिवस मनाउने भनिए पनि वास्तवमा कालो दिनका रूपमा लिएको छैन,’ शर्माले भने, ‘यसमा मधेशवादी दलको चरित्र दोहोरो भयो।’

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकारले संविधान संशोधन गर्न नचाहेको बताए। यदि सरकारले चाहेमा आफूहरूले सहयोग गर्ने बताए। विचारका आधारमा पत्रकारहरूमाथि धरपकड गर्नु निन्दनीय भएको उनले बताए। सरकारले शान्ति सुरक्षालाई समेत कायम गर्न नसकेको बताए। निर्मला पन्तको घटनामा निर्दोषलाई दोषी करार गर्न खोज्नु गलत भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.