|
फाइल फोटो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसनविरुद्ध फेरि आक्रोस पोखेका छन्। उनले भने, 'मलाई सहयोग गर्ने महान्यायाधिवक्ता नै छैनन् ।'

हील टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू जेसनको कार्यबाट ज्यादै दुःखित भएको बताएका छन्। अमेरिकाको गत राष्ट्रपतीय चुनावमा रुसीहरूको संलग्नतासम्बन्धी एक अनुसन्धानबाट सेसनले आफूलाई अलग राखेकामा ट्रम्पले पटकपटक आक्रोस पोख्दै आएका छन्।

राष्ट्रपति ट्रम्पले अन्तर्वार्तामा सेसनले त्यस्तो गर्नुपर्ने आवश्यकता नै नभएका बताएका छन्। तर न्याय विभागको निर्देशिकामा महान्यायाधिवक्ता सेसन स्वयं राष्ट्रपतीय चुनावताका रुसीहरूसँगको एक बैठकमा सहभागी रहेकाले अनुसन्धान प्रक्रियामा सहभागी हुन नपाउने प्रावधान छ।

सीमा समेतका धेरैवटा मुद्दामा जेफ सेसनको कार्यसम्पादन आफूलाई चित्त नबुझेको पनि राष्ट्रपति ट्रम्पले बताएका छन्। उनले सेसनका सम्बन्धमा भविष्यमा के गर्ने भन्ने अझै टुङ्गो नलागेको पनि बताए।

ट्रम्पका सल्लाहकारहरूले सेसनलाई कम्तीमा यही नोभेम्बरमा हुने मध्यावधी चुनावसम्म हटाउन नहुने सल्लाह दिएको बताइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.