|

इलाम : पछिल्लो समय मानिसहरुमा आयुर्वेद चिकित्साप्रति आर्कषण बढ्दै गएको छ। आधुनिक जीवनशैली र विषादीयुक्त खानपानले नसर्ने रोगले बढी सताउन थालेपछि मानिसहरुमा एलोपेथिकभन्दा आयुर्वेदिक औषधिमा सर्वसाधारणको चासो र आर्कषण बढ्न थालेको हो।

मेची अञ्चल आयुर्वेद औषधालय इलामको तथ्याङ्कले जिल्लामा आयुर्वेदिक उपचार पद्धतिमा आर्कषण बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७३/७४ मा जिल्लाका चार हजार ५७२ जनाले आयुर्वेद सेवा लिएकोमा गत आर्थिक वर्षमा सो संख्या पाँच हजार २२७ पुगेको कार्यालयका प्रमुख खगेन्द्र पौडेलले जानकारी दिए।

गत आर्थिक वर्षमा नयाँ आयुर्वेद सेवा लिनको संख्या ३ हजार ८६६ जना थिए भने एक हजार ३६१ जना पुराना रोगीले सेवा लिएको कार्यालयको तथ्याङकमा छ। एलोपेथिक उपचारको तुलनामा ‘साइड इफेक्ट’ नहुनु भएकाले आयुर्वेद औषधिप्रति आर्कषण बढ्दै गएको औषधालय प्रमुख पौडेलले बताए।

ग्रामीण तहका बासिन्दालाई लक्षित गरी औषालयले गाउँघर क्लिनिक समेत सञ्चालन गर्दै आएको छ। सूर्योदय नगरपालिका–१२ आइतबारेमा अञ्चल आयुर्वेद औषधालयको अतिरिक्त जिल्लाका अन्य ४ स्थानबाट आयुर्वेदिक सेवा संचालन गरिरहेको छ। औषधालयबाट ३० भन्दा बढी प्रकारका रोगको उपचार हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.