|

ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिका-८ राँगादीपमा पहिरोमा परी ज्यान गुमाएका परिवारका आफन्तलाई सरकारले राहत उपलब्ध गराएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुंगामार्फत मृतकका परिवारलाई राहत रकम हस्तान्तरण उपलब्ध गराइएको हो।

भदौ १३ गते पहिरोमा परेर एकै परिवारका चारजनाको मृत्यु भएको थियो। मृतककका परिवारलाई जनही एक लाखका दरले चारलाख रुपैयाँ हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले जानकारी दिइन्। पहिरोबाट जोगिएका तीनजना नाबालकलाई चार लाख रुपैयाँ बैंकमा खाता खोलेर मुद्दतीमा जम्मा गरिदिएको र संरक्षकका रूपमा फुपाजुले राखेको पनि प्रमुख जिल्ला अधिकारी  न्यौपानेको भनाइ छ।

भदौ १३ गते राति घरमाथिबाट आएको पहिरोले घर पुर्दा मोलुङ्ग गाउँपालीका-८ रागादीप खिम्लीका ५० वर्षीय पूर्णबहादुर राई, ४० वर्षीय श्रीमती धनकुमारी  राई, ५५ वर्षीया दिदी मित्रमाया राई र पूर्णबहादुरका तीन वर्षीय छोरा अनिष राईको मृत्यु भएको थियो।

राई परिवारका १३ वर्षीया छोरी उर्मिला राई, ७ वर्षकी सुशीला राई र ६ वर्षका छोरा आषिश राई मावली घरमा भएकाले पहिरोबाट जोगिएका थिए। उनीहरु तीनजनाको नाममा राष्ट्रिय वाणिज्य बैंकमा मुद्दती खाता खोलेर चार लाख रुपैंया जम्मा गरिएको हो। ब्‍याजबाट पढाइ खर्च र बसोबासका लागि पुग्ने र उमेर पुगेपछि उनीहरुले उक्त रकम निकालेर प्रयोग गर्न सक्ने मोलुङ-८ का वडा अध्यक्ष हरिकुमार राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.