|

काठमाडौं : राष्ट्रियसभाका सांसदहरूले स्विजरल्याण्डस्थित स्विस बैंकमा नेपालीले राखेको अरबौं रुपैयाँका बारेमा छानबिन गर्ने शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।

राष्ट्रियसभाका सांसद खिमकुमार विश्वकर्माले स्विस बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२ दशमलव ८८ स्विस फ्रैङ्क नेपाली नागरिकले राखेको उल्लेख गरिएको भन्दै तत्काल छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका हुन्। राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा शून्य समयमा बोल्दै उनले अर्बौको सो कालो धन छानबिन गरी राष्ट्रियकरण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।

सांसद अनिता देवकाटाले दाङस्थित लमही–घोराही–तुलसीपुर सडकखण्ड जीर्ण अवस्था रहेको उल्लेख गर्दै तत्काल मर्मत, सम्भार गर्न सरकारसँग माग गर्नु भयो। उनले सो सडकखण्डमा निर्माणाधिन पुल निर्माणमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएकी थिइन्।

सांसद कमलाकुमारी ओलीले कैलाली जिल्लाको महन्याल गाउँपालिकास्थित १२ सय घरपरिवारलाई लालपूर्जा दिएपनि जग्गाको कित्ताकाट र नक्सा उपलब्ध नगराएको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराएकी थिइन्। उनले २०३६ सालमा लालपूर्जा पाएका उनीहरूलाई जग्गाको कित्ताकाट र नक्साको पनि तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरिन्। प्रदेश नम्बर १ को मूलधारको रुपमा रहेको कोशी ब्यारेज नजिक भण्टाबारीमा रहेको पुल तत्काल निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ। सांसद खेमराज नेपालीले भण्टाबारी नजिक रहेको सो पुल तत्काल निर्माण गर्न सरकारसँग माग गरेका हुन्। अर्की सांसद उदया शर्मा पौडेलले संविधान कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सबै राजनीतिक दलहरू मिलेर अघि बढनुपर्ने धारणा राखिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.