|

  • दिपक शर्मा 

काठमाडौं : सल्यान त्रिवेणी- ६ सिम्कका एकैघरका बाबुछोरा विगत एक महिनादेखि बेपत्ता छन्। 

सिम्कका ४८ वर्षिय बाबु हेमलाल बुढाथोकी र १८ छोरा लिलधर बुढाथोकी एक महिनादेखि बेपत्ता छन्। सोज १५ गते फुलपातीका दिन छायाँक्षेत्र गाविसको जिताथानमा रहेको मामाघर जान्छु भनेर हिडेका छोरा लिलधर बुढाथोकी वेपत्ता भएका थिए। तर न उनी मामाघर पुगे नत आफ्नो घरमा नै फर्किए। 

दशै मनाउन भनी मामाघर हिडेको छोरा बाटोबाटै बेपत्ता भएपछि उनलाई खोज्‍न हिडेका हेमलाल बुढाथोकी एक महिनादेखि बेपत्ता रहेको भगवति बुढाथोकीले बताइन्। भगवति बुढाथोकी हेमलालकी श्रीमति हुन्। यसअघि हेमलाल भारतको सिमलामा मजदूरी गर्दै आएका थिए। सिमलाका हेमलालसँगै काम गर्ने साथिभाईका अनुसार उनी छोरा खोज्‍नका लागि असोज २० गते सिमलाबाट नेपाल हिडेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.