|

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका ९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा केही स्थानीयले तालाबन्दी गरेका छन्। बिहीबार दिउँसो केही स्थानीय स्वास्थ्य चौकीमा पुगेर एक्कासी तालाबन्दी गरेको स्वास्थ्य चौकीका इन्चार्ज हेमन्तसिंह साउदले बताए।

स्वास्थ्य चौकीमा सञ्चालनमा आउने तयारीमा रहेको ल्याव प्रयोगशालाको लागि नगरपालिकाले कर्मचारी छनोट गर्दा स्थानीयलाई नराखेको भन्दै स्थानीयले स्वास्थ्य चौकीमा तालाबन्दी गरेका हुन्।

यता पुर्चौडी नगरपालिकाकी नगर उपप्रमुख जानकी बमले त्यहीका स्थानीयको आवेदन परे पनि आवश्यक कागजात नपुगेकोले नगरपालिकाले स्थानीयलाई ल्याव प्रयोगशालाका कर्मचारीको रूपमा राख्न नसकेको प्रष्ट पारिन्। पुर्चौडी नगरपालिकाले केही दिन अगाडि केही स्वास्थ्यकर्मीलाई करारमा नियुक्त गरेको थियो।

स्वास्थ्य चौकीमा तालाबन्दी हुँदा त्यस क्षेत्रका बिरामीहरू मर्कामा परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.