|

भक्तपुर : नगरका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप सानो लिङ्गो ठड्याएर शुक्रबारबाट इन्द्रजात्रा सुरु गरिएको छ। भक्तपुरमा इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रको मूर्तिस्वरुप लिङगो जात्रा सुरु गरिएको हो। यसरी ठड्याइएको लिङगोलाई नेवारी भाषामा यम्वोः द्यो भनिन्छ। 

संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत वस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो। पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरूले पारिजात फूल टिप्दै गरेको वेला पक्राउ गर्‍यो। त्यसपछि जयन्तलाई दुई हात पछाडि बाँधेर राख्यो। पछि जयन्तलाई छुटाउन देवता र दैत्यहरूवीच (झगडा) संग्राम भई देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउदै आएको किवन्दती रहेको छ।

भक्तपुर नगरको इताछे, तेखापुखु, वंशगोपाल,नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछें लगायतका स्थानहरूमा शुक्रबार धार्मिक पूजाआज गरी विधिवत रुपमा यम्वोः द्यो ठड्याइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.