|

सुनसरी : सुनसरीको भुटाहामा गोली हानी हत्या गरिएका मुस्लिम धर्म गुरु खुर्शिद आलमको शव २४ घण्टापछि परिवारले शव बुझेका छन्। आलमलाई सरकारले शहीद घोषणा गर्नुको साथै क्षतिपूर्तिस्वरुप १० लाख दिने सहमति भए पछि परिवारले शव बुझेका हुन्।

परिवारले शव बुझेपछि आलमको शव पोष्टमार्टमको लागी धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ। साथै दुईदिन देखि चर्किएको प्रदर्शन साम्य भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए। अहिले भुटाहा बजारको अवस्था सामान्य बनेको छ। जारी मन्त्री परिषदको बैठकले यस्तो निर्णय गर्ने उनले बताए। 

यता प्रहरीले भने घटनाको अनुसन्धान सुरु गरेको छ। प्रदेश प्रहरी कार्यालय बिराटनगरका एसएसपीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समितिले शनिबारदेखि काम सुरु गर्ने बताइएको छ। छानबिनको लागी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली समेत सुनसरी आएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.