|

काठमाडौं : नुवाकोटको सिसडोलको विकल्प तयार नभए अन्तर्राष्ट्रिय कम्पनी नेपवेस्टले काठमाडौंको फोहोर नउठाउने संकेत दिएको छ। साउन पहिलो साता लगानी बोर्ड र कम्पनीबीच आगामी पुसदेखि काठमाडौंको फोहोर उठाउने जिम्मा दिने गरी आयोजना विकास सम्झौता (पिडिए) भएको थियो। कम्पनीले हालसम्म काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिकासँग समझदारीको कोसिस नै गरेको छैन।

सम्झौताअनुसार कीर्तिपुर नगरपालिकाबाहेक काठमाडौंका सबै स्थानीय निकायबाट उक्त कम्पनीले फोहोर उठाउने जिम्मा पाएको छ। अहिलेको ल्यान्डफिल साइट सिसडोल भरिसकेको र वैकल्पिक ल्यान्डफिल साइट तयार नभएकाले कम्पनीले फोहोर व्यवस्थापनको जिम्मा लिन अनकनाइरहेको काठमाडौं महानगरपालिकाका अधिकारीले बताए। कम्पनीले फोहोर प्रशोधन प्लान्ट बनाउन कम्तीमा तीन वर्ष लाग्ने र त्यति समयसम्म फोहोर उठाएर विसर्जनका लागि वैकल्पिक ल्यान्डफिल साइट बनाइदिन अनौपचारिक आग्रह गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

‘हामीसँग सम्पर्क गर्न आएका छैनन् कम्पनीका मान्छे,’ काठमाडौं महानगरपालिकाअन्तर्गतको वातावरण विभागका प्रमुख हरि कुँवरले भने, ‘त्यो कम्पनीले साँच्चै फोहोर व्यवस्थापनको जिम्मा लिन खोजेको हो भने हामीलाई पनि सम्पर्क गरिहाल्थ्यो नि।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.